Logo

मायामा पागल दुई केटीले विवाह गरे



बिहारमा एक गजबको घटना बाहिर आएको छ । बिहारको वैशालीको बिदुपुरमा बस्ने २ केटी समलिंगी विवाह गरेका छन् । दुवै केटीहरु छिमेकी हुन् । र राम्रा साथी पनि हुन् । उनीहरुको दोस्ती विस्तारै मायामा बदलिए पछि विवाह गर्ने निर्णय लिए ।

समलिंगी विवाहलाई भारतमा स्वीकृती नदिएपनि कानुनको बाबजुद यी केटीहरुले विवाह गर्ने भएका छन् । वास्तवमा यी दुई साथीहरु दुई वर्षदेखि एक अर्काको नजिक थिए । दुई मध्ये एक जना नाबालिग हुन् भने एक जना २२ वर्षकी हुन् । उनीहरुले सँगै मर्ने र बाच्ने कसम खाएका छन् र घरको कुल देवताको अगाडी विवाह गरेका छन् ।

विवाह गरेर घरपरिवारको डरले भागेर मुम्बई पुगेका थिए । केही दिनपछि नाबालिग केटीको पिताले आफ्नो सिधा छोरीलाई २२ वर्षकी केटीले अपहरण गरेको उजुरी प्रहरीमा दिए । प्रहरीकोमा मुद्दा दिएको जानकारी पाएपछि उनीहरु सिधै प्रहरीकोमा पुगेका छन् । दुवैजनाले आफुहरु पति पत्नी भएको र एक अर्काको साथमा बस्न चाहेको बताएका छन् ।

यो समलिंगी जोडी आफ्नो प्रेमलाई सामाजिक पहिचान दिएर विवाह बन्धनमा बाधिएर सधैको लागि एक अर्काको भए । यी समलिंगीले आफ्नो यौन अंग परिर्वतन गर्नको लागि डाक्टरको सल्लाहमा ११ लाख खर्च जुटाउन लागि परेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्