Logo

मायाको लागि राजकुमारीले महल छाडिन्



जापानको राजकुमारीले जो सँग विवाह गर्न चाहान्छिन् उनी पेशाले कानुुनी सहायक २५ वर्षीय केई कोमुरो हुन् । केई कोमुरोको लागि जापानकी राजकुमारीले आफ्नो राजस्वी पदसमेत त्यागेकी छिन् । राजकुमारीले केवल आफ्नो माया पाउँनको लागि सुख सुविधा त्याग दिएकी हुन् ।

जापानको कानुन अनुसार सामान्य नागरिकसँग विवाह गरेमा शाही परिवार छाड्नु पर्छ । राजघरानबाट जोडिएको इपिरियल एजेन्सीले मंगलवार यो खबरलाई पुष्टि गर्न अस्विकार गरेको छ । जापानमा शाही परिवारको नियम अनुसार कुनै पनि परिवारका सदस्य सामान्य व्यक्तिसँग सम्बन्धमा बस्न सक्दैनन् ।

राजकुमारी काकोका दिल जित्ने कोमुरो टोक्यो इन्टरनेशनल क्रिश्चियन युनिवर्सिटीको विद्यार्थी थिए, जहाँबाट २५ वर्षीय काको ले पनि ग्रेजुएशन पुरा गरेकी थिइन् । यी दुईको ५ वर्ष अघि टोकियोस्थित शिबुआ रेष्टोरेन्टमा भेट भएको थियो ।

जापानमा राजघरानको नियमअनुसार शाही परिवारका कुनै पनि सदस्यले कोही व्यक्तिसँग विवाह गर्न चाहेमा राजघराना नै त्याग्नु पर्छ । हाल जापानको राजकुमारीले टोक्यो युनिवर्सिटीबाट रिसर्च गरिरहेकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्