Logo

महाभारतको युद्धमा पाँच गोप्य रहस्य



महाभारत युद्धमा भएका पाँच रहस्यको बारेमा आज हामी जानकारी दिदैछौ । आखिर युद्ध गरेर कसलाई फाइदा भयो ।

कौरव र पाण्डवको बीचमा युद्ध भएको थिएनः महाभारतको युद्ध नत पाण्डव र नत कौरवकोबीच भएको हो । कौरवहरुले कुरुवंशको युद्ध भनेका छन् । कुरुवंशका एकमात्र योद्धा भीष्म थिए । त्यसैगरी पान्डुका कुनै छोरा थिएनन् तैपनि कुन्तीको छोरालाई पाण्डव भनिन्थ्यो ।

महाभारतमा एकलव्यका छोरा पनि लडेका थिएः श्रीकृष्णको हातले एक युद्धमा एकलव्यले वीरगति प्राप्त भएपछि वा लापत्ता भएपछि उनको छोरा केतुमान सिंहासनमा बसे । उनी कौरवको सेनातर्फबाट पाण्डवको विरुद्धमा लडेका थिए । महाभारत युद्धमा उनी भीमको हातबाट मरेका हुन् ।

श्रीकृष्णको छोरा र महाभारतः महाभारत युद्धमा श्रीकृष्णले नारायणी सेना कौरवको पक्षमा र पाण्डवको विरुद्धमा लडेका थिए तर बलराम सहित श्रीकृष्णका सबै छोराहरु महाभारतको युद्धमा सहभागी भएको प्रमाण छैन् । जबकी त्यो समयमा श्रीकृष्णका छोरा प्रद्युम्न र साम्बसहित १६ महारथी छोरा थिए ।

सबैको कुल नाश भएको थियोः युद्धमा सबै १०० कौरव र उनका सबै छोरा मारिएका थिए । अर्कोतिर युद्धको अन्तमा पाण्डव पत्नी द्रौपदीका पाँच छोरालाई शिविरमा सुतेको अवस्थामा अश्वत्थामाले मारिदिएका थिए । पाँच पाण्डवका दोस्रा पत्नीहरुबाट जन्मेका अन्य छोरा र अर्जुनको छोरा अभिमन्यु पनि युद्धमा मारीएका थिए । अभिमन्यु मर्नु अघिनै राजा विराटको छोरी उत्तरासँग भएको थियो । उत्तराले मरेको बच्चाको जन्म दिएपनि श्रीकृष्णले पुनः जिउँदो बनाएका थिए । उनै बालक राजा परिक्षित हुन् ।

युद्धमा यति मात्र बाचेका थिएः लाखौ मानिस मरेपछि लगभग २४ हजार १ सय ६५ कौरव सेना लापत्ता भए । युद्ध पश्चात कौरव पक्षबाट ३ र पाण्डव पक्षबाट १५ गरेर जम्मा १८ जना जीवित थिए । महाभारत युद्धमा कौरवको पक्षबाट एक मात्र जीवित युयुत्सु थिए । युधिष्ठिरले मैदानमा नै सबै योद्धाहरुको अन्तिम क्रिया–कर्म गरेका थिए ।

पाण्डवका पाँच भाई, श्रीकृष्णका पत्नीहरु, सन्जय, बलराम, विदुर, द्रौपदी, गान्धारी, धृतराष्ट्र र सात्यकि जीवित बचेका थिए । युद्धपछि श्रापको कारण श्रीकृष्णको कुलमा पनि आपसी युद्ध सुरु भयो र श्रीकृष्णका सबै छोरा पनि मारिए । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्