Logo

एन्टिजेन बेस्ड टेस्ट मान्यता प्राप्त प्रयोगशालाले मात्र गर्न पाउनेः स्वास्थ्य मन्त्रालय



काठमाडौं, २७ असोज । कोरोना संक्रमण परीक्षणको लागि गरिने एन्टिजेन बेस्ड टेस्ट जनस्वास्थ्य प्रयोगशालाले मान्यता दिएको ल्याबले मात्र गर्न पाउने स्वास्थ्य मन्त्रालले निर्णय गरेको छ ।

हाललाई टेस्ट गरेको शुल्क १ हजार लिने र शुल्क परिमार्जन गर्दै जाने पनि जनाइएको छ । स्वास्थ्य सेवा विभागलाई पत्र पठाएर एफडिए, इयुएले मान्यता दिएका र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त किटहरुमात्र सुचिकृत गर्न पनि निर्देशन दिएको छ ।

परीक्षण गरेको रिपोर्ट पोजेटिभ आएमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र सम्बन्धित स्वास्थ्य कार्यालयमा रिपोर्ट दिनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्