काठमाडौं, २७ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा थप १८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
देशमा आज थप ३ हजार ५ सय ५६ जना संक्रमित भएका छन् । आज १५ सय ३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अहिलेसम्म देशमा कुल एक लाख १५ हजार ३ सय ५८ संक्रमित संख्या छ । कुल सक्रिय संक्रमित संख्या ३५ हजार ९ सय १५ छ । ७८ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् ।




प्रतिक्रिया