Logo

नदुखेको मनलाई किन दुखाएर गयौ ?




उषा शेरचन
नदुखेको मनलाई किन दुखाएर गयौ ?
नरुझेको तनलाई किन रुझाएर गयौ ?

पर्खिरहेकी थिएँ मैले तिम्रै बाटो हेरि
मेरै सामुबाटै हिँड्यौँ नदेखेझैँ गरि
नजलेको दिललाई किन जलाएर गयौ?
नदुखेको मनलाई किन दुखाएर गयौ ?

सोचेको थिएँ तिमीसँगै मीठो गीत गाउने
खोजेको थिएँ तिमीसँगै मीठो प्रित लाउने
नबिझेको मुटुलाई किन बिझाएर गयौ ?
नदुखेको मनलाई किन दुखाएर गयौ ?



प्रतिक्रिया दिनुहोस्