Logo

भरत दाहालको दाबी : ‘देश अब दुर्घट्नामा जाँदैछ’ (भिडिओसहित)



काठमाडौं, २८ असोज । राजनीतिक विश्लेषक भरत दाहालले देश अब दुर्घटनातर्फ जाने स्पष्ट पारेका छन् । उनले भने,‘देश दुर्घटनामा जाने आधार भनेको दलभित्रको झगडा, उनीहरुको शैली र तौल÷तरिका, यो अराजकता, यो दण्डहिनता यी समाचार जतिपनि हामी देख्छौं नि, यो एउटा प्रयोग हो । म अहिलेको संघीय लोकतान्त्रिक व्यवस्था नै असफल भयो भनेर भन्दिन् । हिजो २०४७ सालको संविधान यीनै नेताहरुले विश्वकै उत्कृष्ट हो, यसमा कमा र फूलस्टपनि परिवर्तन गर्न पाईँदैन भने । तर, लगेर विदेशीले दिल्लीमा जोतिदिएपछि अब त्यो खराब छ भन्न थाले ।’ हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्