Logo

२० केजी तौल बढाएकी कंगना पुरानै स्वरुपमा फर्कदै



एजेन्सी, २८ असोज । थलैवी चलचित्रका लागि कंगना रनौटले २० केजी तौल बढाएकी थिइन् । राजनीतिक कथावस्तुको यो चलचित्रमा कंगनाले जयललिताको भूमिका निभाएकी छिन् ।

तालिम नाडुकी पूर्व मुख्यमन्त्री जयललिता चलचित्र नायिका हुँदै राजनीतिमा प्रवेश गरेकी थिइन् । राजनीतिमा उनी निकै सफल भई लामो समय तालिम नाडुमा शासन चलाएकी थिइन् । मुख्यमन्त्री हुँदा नै उनको निधन भयो ।

कंगनाले यो चलचित्रमा भूमिकालाई सुहाउँदो देखिन २० केजी तौल बढाएकी थिइन् । अहिले उनी पुरानो स्वरुपमा आउँदैछिन् ।

कंगनाले पुरानै स्वरुपमा फर्कन मिहेनत गरिरहेको तस्वीर सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै भनेकी छिन्, ‘हामी चलचित्रको अन्तिम चरणमा छौं ।’ उनले आफू चाँडै उठेर जगिङ र दौडने गरेको लेखेकी छिन् ।

थलैवी बाहुवली र मनिकर्णिका लेखका के भी विजयन्द्र प्रसाद र द डर्टी पिक्चर र वन्स ओपन अ टाइन इन मुमबईका लेखक रजत अरोराले लेखेका हुन् ।

२६ जुनमा रिलिज हुने भनिएपनि यो चलचित्र कोरोना भाइरसको महामारीका कारण प्राविधिक काम नै पूरा हुन सकेन । अब यो अन्तिम चरणमा पुगेको खुलेको छ । तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्