Logo

‘मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव ज्युँका त्युँ छ’ : यमलाल कँडेल



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेशका सांसद तथा नेता यमलाल कँडेलले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव ज्यँुका त्युँ रहेको बताएका छन् । र, यसबारेमा केन्द्रमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको उपस्थितिमा छलफल हुनेपनि उनले जनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कँडेलले यस्तो बताएका हुन् । उनले भने,‘म अनुरोध गर्न चाहन्छु, विषय यथावत छ, छलफल गर्ने स्थान बदलियो । छलफल गर्ने पात्रहरू बदलिए । त्यसकारणले छलफल अविश्वासको प्रस्ताव, उठेका समस्याका बारेमा छलफल अब काठमाडौँमा हुन्छ । दुई अध्यक्षको बीचमा हामी प्रदेशसभामा रहेका सदस्यहरू र प्रदेशसभमा रहेका सांसदहरू, प्रदेशसभासँग सम्बन्धित पार्टीका पदाधिकारीहरूका बीचमा यो विषयमा छलफल हुन्छ । त्यसकारणले यो विषय सकियो जुन अर्थ लगाईएको छ, यो अलि हतार हुन्छ ।’ प्रस्तुत छ नेता कँडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको विरुद्धमा संसदीय दलमा दर्ता गराउनुभएको अविश्वासको प्रस्ताव त हात्ती आयो, हात्ती आयो फुस्सा भयो ? किन तपाईँ कमजोर हुनुभयो ? के कारणले ? वास्तविकता बताउनुहोस्, तपाईँ त अल्पमतमा पर्नुभयो !

जहाँसम्म अविश्वासको प्रस्ताव हामी प्रदेशसभामा रहेको १८ जना माननीय सदस्यहरूले दलभित्र राखेको कुरा साँचो हो । तपाईँले भनेको जस्तै हात्ती आयो, हात्ती आयो फुस्सा ! यस कारणले पनि भन्नुभयो जस्तो लाग्छ कि आजभन्दा छ महिना अगाडि पनि यस्तै तरिकाले प्रस्तुत भएको थियो । म अनुरोध गर्न चाहन्छु, विषय यथावत छ, छलफल गर्ने स्थान बदलियो । छलफल गर्ने पात्रहरू बदलिए । त्यसकारणले छलफल अविश्वासको प्रस्ताव, उठेका समस्याका बारेमा छलफल अब काठमाडौँमा हुन्छ । दुई अध्यक्षको बीचमा हामी प्रदेशसभामा रहेका सदस्यहरू र प्रदेशसभमा रहेका सांसदहरू, प्रदेशसभासँग सम्बन्धित पार्टीका पदाधिकारीहरूका बीचमा यो विषयमा छलफल हुन्छ । त्यसकारणले यो विषय सकियो जुन अर्थ लगाईएको छ, यो अलि हतार हुन्छ ।

अविश्वासको प्रस्ताव तुहियो नि त । आज माधवकुमार नेपाल पक्षधरहरूले त तपाईँलाई साथ नदिईकन मुख्यमन्त्री शाहीको समर्थनमा जानुभयो नि त । त्यो कुरा त सही हो नि त ?

मैले अघि नै भनिहाले अविश्वासको प्रस्ताव ज्युँका त्युँ छ । छलफल गर्न बाँकी छ । छलफल चल्दाचल्दै पार्टी दुबै अध्यक्षले मेरा नाममा र अरू साथीहरूका नाममा पत्र पठाएर छलफलका निम्ति काठमाडौँ आमन्त्रण गरिएको हुनाले अहिले त्यस छलफललाई स्थगित गरेका छौँ । मैले अनुरोध गर्न चाहन्छु, मैले जुन दिन अविश्वासको प्रस्ताव बुझाएको दिनको समाचार भनेको थिएँ । यद्यपि यो प्रदेशमा पहिलो अनुभव, प्रारम्भ हो । तर यो दलभित्रको कुरा हो । हाम्रो प्रचलन के छ भने विगतमा नकारात्मक कुरा छ । अविश्वासको प्रस्ताव आयो भने विषयमा छलफल नगर्ने ? तर अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने मान्छेहरू घटाउने जुन तरिका छ, यस पटक पनि त्यो देखा परेको छ । म छलफलमा बसेको दिनभरिको प्रदेशसभामा पनि थिएँ । म अनुरोध गर्न चाहन्छु, विषय यथावत छ । विषयलाई प्रभावित गर्नका निम्ति केही मन्त्रीपद, पदाधिकारीहरूले सम्प्रेषण गर्नुभएको छ । सत्ताको दुरूपयोग गरेका छन् । विषय यथावत छन् तर पार्टीका दुईजना अध्यक्षले उठाएको पत्रका आधारबाट त्यो अब आफैमा निस्क्रिय भईसकेको एउटा अवस्था छ । म फेरि पनि अनुरोध गर्न चाहन्छु, हामीले उठाएको भनेको विषयको आधारमा उठाएको कुरा हो । पद, प्रतिष्ठाका कुरा गौण कुरा हुन् । कोही साथी पहिले माननीय जस्तो साथी, छलफलमा सरिक हुनुहुन्छ, त्यही विषयलाई आधार बनाएर अगाडि बढ्नुहुन्छ तर त्यसैलाई एउटा पद, प्रतिष्ठाको औजार बनाउनुहुन्छ भने त्यसमा मेरो भन्नु केही छैन । यो नेपाली राजनीतिमा चलिआएकै कुरा हो ऋषिजी ।

तपाईँ परिपक्व नेता हो । पर्यटनमन्त्री भईसकेको नेता हो । देशको राजनीतिलाई राम्रोसँग बुझ्नुभएको छ । कम्युनिष्ट पार्टीभित्र तपाईँको ठुलो योगदान छ । तपाईँले १८ जना सांसदको हस्ताक्षर हातमा लिएर बस्नुभएको थियो । आज तपाईँले संसदीय दलको बैठक पनि राख्न सक्नुभएन ? मुख्यमन्त्रीलाई संसदीय दलबाट पनि हटाउन सक्नुभएन ? त्यो त सही कुरा हो नि ?

हाम्रो प्रचलन के हो भने हामीले २५ गते १८ जना माननीय सदस्यहरूको दस्तखतसहितको अविश्वासको प्रस्ताव मुख्यमन्त्रीको रोहबरमा प्रमुख सचेतक गुलाबजंग साहलाई बुझाएको कुरा साँचो हो । बुझाईसकेपछि त्यो बैठकको अध्यक्षता मुख्यमन्त्री वा दलको नेताले गर्न नपाईने वैधानिक व्यवस्था छ । त्यसकारणले त्यो बैठकको आयोजना प्रमुख सचेतकले गर्नुपथ्र्यो । त्यो बैठक हिजो बोलाईएको थियो । तर त्यही बैठकलाई प्रभावित गर्ने गरी गर्नै नमिल्ने काम दलको नेता वा मुख्यमन्त्रीले बीचैमा प्रमुख सचेतक हटाएर परिवर्तन गर्नुभयो जबकि उहाँ अविश्वासको प्रस्ताव पेश गरिसकेपछि बैठकलाई प्रतिकुल प्रभाव पार्ने गरी प्रचलन, विधिमा नभएको काम त हाम्रो नेता वा मुख्यमन्त्रीले गर्नुभएको छ, त्यसको समयमा हामी छलफल गरौँला । त्यसपछि आजसम्म पनि यस विषयमा सबै साथीहरू सहमत हुनुहुन्थ्यो । त्यसमा केही माननीय सदस्यहरूलाई उहाँले बोलाएर केही पद दिनुभएको छ । अब पद दिएर समस्याको समाधान गर्ने तरिकालाई समर्थन गर्नुहुन्छ भनेर मेरो भन्नु केही छैन । तर म अनुरोध गर्न चाहन्छु, नेपाली राजनीति त्यस्तो छ । अविश्वासको प्रस्ताव के हो भने सामुहिक रूपमा अगाडि बढाईने चीज हो । मैले अघि पनि भनेँ र पहिलो दिन भनेको थिएँ, यो हाम्रो पहिलो अभ्यास हो तर संघबाट चलेको अभ्यासलाई हेर्दा नकारात्मक प्रभाव छ । मान्छेलाई लुकाउने, फकाउने, खरिद गर्ने कुरा छ । त्यसैकारण हामीले त्यसको सकारात्मक सन्देश दिनका निम्ति यो अभियानमा संलग्न हुने १८ जना माननीय सदस्यहरू तपाईँहरूको अगाडि उपस्थित हुनका निम्ति यहाँ उपस्थित भएका छौँ भनेर मैले भनेको थिएँ । त्यसकारणले यो किन त्यतिखेर भनेँ भन्दा यो सम्भावना मैले नेपाली राजनीतिमा देखेको कारणले गर्दा त्यसलाई हतोत्साहित गर्नका निम्ति मैले त्यस्तो गरेको हो । कतिले मलाई पदप्राप्तिका निम्ति त्यस्तो गरेको हो भन्ने पनि भनार्इँ छ, म अहिले टिप्पणी गर्न चाहन्न । यामलाल कँडेललाई मुख्यमन्त्री बनाउनकै निम्ति मबाहेक १७ जना माननीय सदस्यहरू मेरा पछि किन लाग्थे ?

होइन, तपाईँ मुख्यमन्त्री बन्नको लागि तयार भएर बस्नुभएको थियो । आज संसदीय दलको नेता तपाईँलाई चयन गर्ने प्रक्रियामा अगाडि बढ्ने भनेर धेरैले बताएका थिए मलाई ?

यो के हो भन्दाखेरि आज हाम्रो एजेण्डा भनेको दलको नेताको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने एजेण्डा नै यो हो । उहाँले नयाँ नियुक्ति गर्नुभएको प्रमुख सचेतकले पनि कात्र्तिकको २७ गते यही अविश्वासको प्रस्तावमा अर्को सूचनाको बैठक सार्वजनिक गर्नुभएको छ । यसैबाट पनि के देखिन्छ भन्दा प्रस्ताव ज्युँका त्युँ छन् । तर प्रस्तावमा संलग्न भएका कतिपय साथीभाइहरूलाई उहाँहरूले साधन, स्रोत र पदको प्रयोग गरेर प्रभावित गरेको कुरा पनि फेरि साँचो हो । यसबाट मलाई त केही हुँदैन । माननीय सदस्यहरूको न ईमान रहन्छ, न मान न सम्मान रहन्छ । यसरी समस्याको समाधान गर्दा के हुन्छ, अन्ततोगत्वा जनप्रतिनिधिप्रति, राजनीतिक कार्यकर्ताप्रति जनताको वितृष्णा पैदा हुन्छ । समस्या समाधान गर्नेहरूले विषयमा आधारित समस्याको समाधान गर्नुपर्ने हुन्छ । न कि पद, प्रतिष्ठाका आधारमा समस्याको समाधान गर्नुभयो भने कसैलाई त सहज होला तर त्यसले समाजमा जनप्रतिनिधिप्रति, राजनीतिक कार्यकर्ताप्रति वितृष्णा पैदा गर्छ । त्यो बाटोमा मेरो अग्रसरता छैन । मैले पहिलो दिन पनि त्यही भनेको हो । १८ जनाभित्र हाम्रो पार्टीमा त तपाईँले राम्रोसँग देख्नुभएको छ । मभन्दा बढी नेताहरूसँग नजिक हुनुहुन्छ । १८ जनाभित्र के.पी. ओलीसँग सम्बन्धित पनि हुनुहुन्छ । माधव नेपालसँग सम्बन्धित पनि हुनुहुन्छ । प्रचण्डसँग सम्बन्धित पनि हुनुुहुन्छ । हिजो माओवादी केन्द्रसँग रहँदा पनि सम्बन्धित हुनुहुन्छ । के उहाँ सबै मलाई मात्र मुख्यमन्त्री बनाउन लाग्नुभएको हो र ? होइन नि । साढे दुई वर्षको प्रदेशसभाको संसदले गरेको कामकारबाहीका आधारबाट हामीले के निष्कर्ष र निचोडमा पुग्यौँ भने कि यो विषयलाई दलभित्र औपचारिकता बनाईएन भने हामी जनप्रतिनिधि भएर जुन सकारात्मक प्रभाव पार्नुपर्ने, कर्तव्य पूरा गर्नुपर्ने जुन अवस्था छ, त्यसबाट हामी पछाडि हट्नुपर्ने कुरा हामीले महशुस गरेका छौँ र हामीले त्यो प्रस्ताव दर्ता गरेका छौँ ।

माधवकुमार नेपालका सात जनाले आज आएर तपाईँलाई धोका दिनुभयो नि, किन ?

उहाँहरू केही मान्छे जानुभयो, साँचो कुरा हो । म तपाईँलाई अहिले सांकेतिक रूपमा मात्रै भन्न चाहन्छु । उहाँहरू नै हस्ताक्षर गराउने कुरामा सक्रिय हुनुहुन्थ्यो । आजको समस्याको समाधान गर्ने, मेलमिलापको केन्द्र बनाउने जो साथी, मैले यो राजनीतिमा लप्पनछप्पनको कुरा जानेको छैन, सोचेको पनि छैन, मैले गर्दा पनि गर्दिनँ । तर एउटै पार्टीभित्र एक हप्ता अगाडि हस्ताक्षर गराउन हिँड्ने अनि एक हप्तापछि फेरि हस्ताक्षरबाट पर भागेर अवसरका कुद्ने ? यो प्रवृत्ति त नेपाली राजनीतिमा छ नै । त्यसको केही संकेतहरू देखा परेको अवस्था छ तर सातका सातै जना होइन ।

त्यसो भए प्रचण्ड र माधवकुमार नेपाल गठबन्धन यतिखेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीतिर । तपाईँलाई एक्ल्याउनको लागि, के.पी. शर्मा ओलीको बुथलाई कमजोर बनाउनको लागि त्यहाँ चलखेल भयो ?

यहाँ कुनै नेता वा कुनै पक्षधरलाई एक्ल्याउनका निम्ति १८ जनाको गठबन्धन होइन । महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारले साढे दुई वर्षसम्म गरेका कामकारबाहीका आधारबाट जे अवस्था उत्पन्न भएको थियो, यसभन्दा अगाडि संसदीय दलको बैठकमा, प्रदेशसभाको बैठकमा, प्रदेश पार्टी कमिटिको बैठकमा म समान रहेका नेताहरूको बीचमा, मभन्दा वरिष्ठ नेताहरूको बीचमा विगत आठ÷नौँ महिनादेखि आज अविश्वासको प्रस्तावमा लेखिएको कुरा प्रस्ट छलफल गर्ने एउटा पात्र म हुँ । म तपाईँलाई आज यो कुरा भन्न चाहन्छु । त्यतिबेला कोही पनि नेता यी विषयसँग असहमत हुनु भएको थिएन । भोलि पनि छलफल गर्दा भोलि यो विषयमा असहमत हुनुहुन्छ, मलाई त्यस्तो लाग्दैन । तर हामीकहाँ के छ भने विषयलाई हेर्नेभन्दा पनि अनुहारलाई हेर्ने एउटा स्थिति छ । हाम्रो पार्टी केही समय अगाडि एकीकरण भएको हो । सातओटा प्रदेशहरूमध्ये छ ओटामा नेकपाको छ, त्यसमा पनि चारओटामा पूर्वएमाले । तपाईँले भन्नुहोस् कि पूर्वएमालेको २० सिट थियो नि । एकल सरकार बनाउने अवस्था थियो त । यदि मैले त्यो मात्र चाहना राख्ने कुरा हुन्थ्यो भने म त्यतिबेलै पनि मुख्यमन्त्री बन्थेँ तर मैले किन त्यतिबेला त्यो कुरा राखिनँ भन्दाखेरि आम नेपाली जनताको चाहना अनुसार पहिलोचोटि एउटै पार्टी बन्दैछ । एउटै पार्टीको दुईतिहाईको तहमा बन्दैछ । राम्रो काम गर्छ । जनताको कुरा पूरा हुन्छ भनेर पो त्यो कुरालाई मैले सकारात्मक ढंगले लिएको हो । त्यसकारणले म फेरि पनि अनुरोध गर्न चाहन्छु, हामी कसैको गठबन्धनको आधारमा होइन कि कर्णाली प्रदेशमा कर्णाली प्रदेश सरकारले साढे दुई वर्ष गरेका कामकारबाहीका आधारमा हामी त्यो ठाउँमा पुगेका हौँ ।

प्रधानमन्त्री ओलीको गुट त कमजोर बन्यो नि त कर्णाली प्रदेशमा अब ?

तपाईँको त्यहाँको विश्लेषण हो । यहाँ आएको बेलामा मलाई पनि जनता अगाडि राखेर छलफल चलाउनुहोस् न । म तपाईँलाई आमन्त्रण गर्न चाहन्छु । मैले उठाएका मुद्दामा तपार्इँ आउनुहोस् न ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग मेरो सम्बन्धबारे तपाईँले पाउनुभएको सूचना गलत पनि हुनसक्छ !

म तपाईँलाई भन्न चाहन्छु कि तपाईँ सुर्खेतमा आउनुहोस् । जनताका बीचमा मलाई पनि राख्नुहोस् र कुरा सुन्नुहोस् । तपाईँले यथार्थता पाउनुहुन्छ । यसकारणले कि म जनप्रतिनिधि हुँ । नेकपाको दुईतिहाईको सरकार भनेको त्यसमा तपाईँले पनि सहमत गर्नुहुँदैन । सरकारमा भएर जे पनि गर्न पाईन्छ ? पाईँदैन नि त । जे पनि गर्नका निम्ति सरकारमा गएको हो र ? होइन नि त । राम्रो काम गर्नका निम्ति, विधिको शासन स्थापित गर्नका निम्ति, आर्थिक पारदर्शिता गर्नका निम्ति तर यो त एन.जी.ओ. चलाएको भन्दा पनि तल्लो तहमा प्रश्नहरू उठिरहेको अवस्था छ । म यसकारणले कि यो दलभित्रको कुरा, पार्टीको कुरा, सचिवालयको कुरा त अहिले मिडियामा मैले भन्दा पहिला थाहा पाउने स्थिति भएको हुनाले सार्वजनिक छलफलको विषय बन्यो । त्यसरी हाम्रो देश कसरी बन्छ ? पार्टी कसरी राम्रा बन्छन् ? कसरी सुशासनको व्यवस्था गर्न सकिन्छ ? कसरी विकास र निर्माणको कुरा गर्न सकिन्छ ? कसरी बजेटको सदुपयोग गर्न सकिन्छ ? के यसका बारेमा छलफल गर्ने कुरा गलत कुरा हो ? मेरो विचारमा मैले उठाएका कुरा तपाईँहरू साथीले उठाउनुपर्ने हो । यस्तो बदमासी भईरहेको छ, जनप्रतिनिधि भएर के हेरेर बसिरहनुभएको छ ? भनेर प्रश्न उठाउनुपर्नेमा स्वयम तपाईँहरूले उठाउने प्रश्न मैले उठाउँदाखेरिमा तपाईँहरूको सहयोग, तपाईँहरूले त भन्नुभएको छैन तर तपाईँहरूको तहबाट के आउँछ भने ल हेर्नुस् त ¥याल काढेर बसेको छ । नेताका घरमा धाईरहेको छ । भन्ने जस्ता प्रश्न त मैले सुनिरहेको छु नि ऋषिजी ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भन्नुभएको छ, यामलाल कँडेल समुहको पत्तासाप गराउँछु भनेर उहाँले त गरिसक्नुभयो घोषणा ?

कसले ?

मुख्यमन्त्रीले भन्नुभएको छ । तपाईँ कमजोर हुनुभयो, यामलाल कँडेल ।

म फेरि तपाईँलाई भन्न चाहन्छु, म राजनीतिमा सामेल भएको कसैलाई पत्तासाप गर्नका निम्ति होइन । मैले राजनीतिमा सामेल भएको सबैको सामुहिक रूपमा केही गर्नका निम्ति म राजनीतिमा सामेल भएको हुँ । म समाजमा विकास र निर्माण एक्लै गर्न सकिँदैन, त्यसकारणले कसैले पत्तासाप गर्ने कुरा गरेको छ भने गरोस् न, गर्ने कुरामा मेरो टिप्पणी छैन । मेरो उद्देश्य कसैलाई पत्तासाप गर्ने कुरा छैन । कसैलाई प्रतिशोध राख्ने कुरा छैन । म नेकपामार्फत कर्णाली प्रदेशको कर्णाली प्रदेशका जनताका पक्षमा केही राम्रो काम गर्न सकिन्छ कि भन्ने हिसाबले विषय उठाउने हो । संविधानसभामा हुँदा यो भन्दा अगाडि प्रतिनिधिसभामा हुँदा यिनै वरिष्ठ नेताहरूका अगाडि मैले विषय राखेको त ऋषिजीलाई थाहा छ नि त । यामलाल कँडेललाई पत्तासाप होइन, यामलाल कँडेललाई पत्तासाप गरेर समाजवाद आउँछ भन्ने लागेको तपाईँलाई भनेका छन् भने मेरो भन्नु केही छैन ऋषिजी ।

महेन्द्रबहादुर शाही पक्षधरको भनाईँ के छ भन्दाखेरि मन्त्रीहरू पनि मेरो साथमा छन् । म सरकारमा गएदेखि कर्णाली प्रदेशको मुख्यमन्त्री भईसकेदेखि अहिलेसम्म यामलाल कँडेलले विरोधबाहेक केही गर्नुभएको छैन भनेर उहाँले बताईरहनुभएको छ नि ?

यो त आफ्नो असक्षमता, अकुशलता ढाक्नको निम्ति धाक देखाउने चलन त नेपालमा छँदैछ । म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तपाईँमार्फत सोध्न चाहन्छु, मैले कहाँ के रोकेँ ? मैले कुन काम, कार्यक्रम हुन दिइँन ? सोध्नुहोस् न उहाँलाई ।

सुरुदेखि नै तपाईँले उहाँलाई धारमा राख्नुभयो । असफल बनाउन लाग्नुभयो रे !

उहाँले गरेका गैरकानुनी कुरालाई म समर्थन गर्न सक्छु ? सक्दिनँ नि त । उहाँले गरेको अनियमितताको म ढाकछोप गर्न सक्छु ? सक्दिनँ नि त । तपाईँलाई भर्नाँै, उहाँले एउटा टेलिभिजनको बारेमा भन्नुभयो, व्यवस्था नै ठीक छैन भनेर मुख्यमन्त्री भएर व्यवस्था नै ठीक छैन भन्ने नैतिकता रहन्छ ? सोध्नुहोस् न उहाँलाई । नेकपा त्यो कुरामा विश्वास गर्छ ? गर्दैन नि त । त्यसैले उहाँको कुनै विचारमा स्पष्टता छैन । कुनै योजना र तरिकाको कुरा छैन । यस आधारमा त चल्न सक्दैन नि त । तपाईँले सबै ब्युरोक्रेसीलाई सोध्नुहोस् न । वरिष्ठ सचिवहरू यहाँ आउनुभएको छ । यो कुराले चल्दैन ऋषिजी ।

त्यसो भए मुख्यमन्त्री महेन्द्रबहादुर शाही असफल हो ? साँढे दुई वर्षको कार्यकालमा उहाँले राम्रो काम गर्नुभएन ?

सरकारको मूल्याकंन गर्ने आधार कुन छ ? तीन ओटा नीति र बजेट प्रस्तुत गरेको छ । त्यसमा रेकर्ड म स्मरण गराउन चाहन्छु । तीनै बजेट प्रस्तुतकर्ताले माथि मञ्चबाट सार्वजनिक माफी मागेर कही गर्नै नमिल्ने विनियोजन विधेयकलाई संशोधन गरेर तीनओटा बजेट पास गरेको छ । के त्यसलाई सफल भन्ने ? एउटा बजेट पनि एक पटक होइन, पटक पटक बजेट माफी मागेर पास गरेको अवस्था संसदभित्र छँदै छ त । कुनै एउटा सांसदले समर्थन नगरेको अवस्था छ । संसदभित्र छँदै छ त । यसकारणले मैले यो कुरा उठाईरहेको छु कि महेन्द्रबहादुर शाहीले गरेको गल्तीले महेन्द्रबहादुरले मात्रै सजाय पाउने गरेको दलीय व्यवस्था भएको हुनाले महेन्द्रबहादुर शाहीले गरेको काम नेकपाले गरेको ठहरिन्छ । उहाँले गरेको सजाय मैले पनि पाउँछु । त्यसकारणले कसरी राम्रो काम गर्ने होला ? भन्ने हिसाबले भएका कमी कमजोरीहरूलाई छलफल गर्ने कुरा उठाउने कुरा गर्दा तपाईँले त भनिहाल्नुभयो, पत्तासाप ! उहाँहरू त त्यसैमा अभ्यस्त हुनुहुन्छ । तर आज यो विधिको शासन हो । संविधानको सर्वोच्चताको कुरा हो । उहाँले भनेको जस्तो हिजो जनसत्ता सञ्चालनको सरकार होइन त आजको सरकार । त्यसकारण यसमा ऋषिजी आफै असहमत भएर प्रतिवाद गर्नुपर्ने हो नि त तर तपाईँले प्रश्न मसँग तेर्साईरहनुभएको छ ।

अब तपाईँ काठमाडौँ आउँदै हुनुहुन्छ र मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि काठमाडौँ आउँदै हुनुहुन्छ । फेरि पनि यो सरकारले निरन्तरता पाउँछ कि यो सरकार ढल्छ ?

अहिले म त्यस्तो भन्दिनँ । म त्यस्तो भविष्यवाणी गर्ने जस्तो होइन । म तपाईँलाई भन्न चाहन्छु, विषय यथावत छ । छलफल गर्ने स्थान सुर्खेतबाट काठमाडौँ सरेको छ । सहभागी हुने पात्रहरू बदलिएका छन् । निष्कर्ष छलफलबाट निस्कन्छ ।

त्यसोभए काठमाडौँमा निष्कर्ष निस्कन्छ अब ?

दुईजना अध्यक्षबीच छलफल गर्ने भएपछि त मैले यसलाई एउटा अवसरका रूपमा लिएको छु कि पहिलोपटक कर्णालीका बारेमा सम्बन्धित पात्रको अगाडि आम्नेसाम्ने भएर जुन विषय राख्ने अवसर प्राप्त भएको छ, त्यसमा मलाई के विश्वास छ भने मैले उठाएका विषयहरूलाई खण्डन गर्न सक्ने अवस्था छैन ।

तपाईँलाई अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराउन प्रधानमन्त्रीको आग्रह, निर्देशन हो ?

अविश्वासको प्रस्ताव पनि कसैलाई सोधेर गरिन्छ ? कसैलाई थाहा दिएर गरिन्छ ? सार्वजनिक हल्ला गरेर गरिन्छ ? गरिदैँन नि त । हामीले हाम्रो बलबुद्धिका आधारबाट विषयलाई साझा बनाएर पेश गरेको कुरा हो । त्यसकारण यो कसैको पक्ष, विपक्ष, माथिको यो कुरा, त्यो कुरा जुन अहिले प्रचारमा आईरहेको छ, त्यो आधारमा छलफलमा चलेको होइन । तपाईँले मलाई ती १८ जनाको बीचमा राख्नुभयो भने म कुनै नैतिक बन्धनमा परेर पद, प्रतिष्ठा वितरण गरेर आज जसरी मुख्यमन्त्रीले सबैका अगाडि नेकपाभित्र निल्र्लजता देखिने गरी पद बाँडेर जे परिस्थिति निर्माण गर्नुभएको छ, मैले १८ जनालाई कुनै कुराको नैतिक बन्धनमा नपारीकन विषयका आधारमा हामी एकै ठाउँमा सहमत भएका हौँ । तर अहिले कतिपय साथीहरू हामीलाई फसाईयो, हामीलाई परिबन्धमा फसाईयो, हाम्रो सामाजिक प्रतिष्ठा गुमाईयो, हामीलाई बेईज्जत गरियो भनेर भेट्ने माननीय सदस्यहरू पनि अहिले मसँग नै हुनुहुन्छ त । किनभने म उहाँको एउटा अगुवा कार्यकर्ता पनि हुँ । एकछिन पो लुकामारी गर्न सकिन्छ, सधैँ त लुकामारी गर्न सकिँदैन । संसद भवन एउटै छ, कार्यक्षेत्र एउटै छ । प्रदेश एउटै हो । ती सबै माननीय सदस्यलाई म जान्दछु । जनयुद्धमा कहिल्यै प्रचण्डलाई नभेटेका मान्छेलाई अहिले दिनमा दुई पटक फोन आईरहेको छ त । के नेकपा मोर्चा पार्टी हो कि पार्टी हो ? भन्दा म पार्टीको रूपमा बुझिरहेको छु तर माथिका नेताले यसलाई मोर्चा बनाउन खोजिरहेका छन् । म त्यसमा सहमत छैन । त्यो कुरा गर्न पाईन्छ । त्यसकारण पार्टीका आधारमा आज साढे दुई वर्ष आज जनप्रतिनिधि संस्थामा उसले के काम गरेको छ, के काम गरेको छैन ? त्यसका आधारमा म एउटा जनताको जनप्रतिनिधिको हिसाबले म पनि जवाफदेही हुन्छु, त्यसो हुनाले म जे पनि काम गर्ने कुरामा सत्ताधारी पार्टीको सदस्यको नाताले औंठा छाप लगाउने जनप्रतिनिधि होइन । त्यो व्यवस्था छैन । त्यसो भएको हुनाले कसैले मलाई पार्टी विरोधी भन्ने कुरा भन्लान् तर म पार्टी विरोधी होइन । मैले आफ्नो कर्तव्य निर्वाह गरेको हो, यस अर्थमा बुझ्नुपर्ने हुन्छ । त्यसपछि मात्रै हामीले राम्रो काम गर्न सक्छौँ । ओठे भक्ति मात्र गर्ने कुरा हो भने निराशा मात्रै उत्पन्न हुन्छ ऋषिजी । त्यसकारण केही बनाउनुछ भने मलाई लाग्छ राम्रो काम गर्नुपर्ने हुन्छ, हाम्रो ठाउँमा । उत्साहजनक परिस्थिति निर्माण गर्नुपर्ने हुन्छ । जस्तो उदाहरणका निम्ति उहाँहरूले एउटा कर्मचारी समायोजनका निम्ति ओ.एन.एन संरचनाको निर्माण गर्नुभयो । वृद्धि, विकासको ढोका बन्द गरिदिने कुरा गरिदिनुभयो । संघले निर्माण गरेका दरबन्दीलाई कटौती गरिदिने कुरा गर्नुभयो । जडीबुटी जस्तो के छ भने प्रदेशमा रहेको ठाउँमा आर्युवेदिकका औषधालयको कुरा गर्नुभयो । आज त्यो अदालत न्यायालयमा जाँदा सरकारको संरचना खारेज गरिदिएको अवस्था छ । त्यसको जवाफदेही हुने को त ?



प्रतिक्रिया दिनुहोस्