Logo

सुमन पाण्डे पाटाको सचिव/कोषाध्यक्षमा निर्वाचित



काठमाडौं, २८ असोज । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रा।लि।का अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पुर्व अध्यक्ष (२०१३–१८) सुमन पाण्डे पाटाको सचिव÷कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । विभिन्न ७७ मुलुकका ६ हजार भन्दा बढि सदस्य रहेको विश्वकै ठुलो पर्यटकीय संघ, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) को यहि १२ नोभेम्बर २०२० मा भएको अनलाईन चुनावमा पाण्डेले मलेशियन प्रतिद्धन्धी फईज फधीलिल्लाह माथी विजय प्राप्त गरेका थिए ।

त्यस्तै भियतनामका उम्मेद्धार हाई होे, कम्बोडियाका प्रतिस्प्रधी डा। सोखोम थोक विरुद्ध उपाध्यक्ष पदमा विजय भएका हुन भने वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्षता गर्नेछन् ।

एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरको अध्यक्षका साथै फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत, डाइरेक्टर–समिट एयर, डाइरेक्टर–अलफ्ट काठमाण्डौ होटल, डाइरेक्टर– छायाँ सेन्टर प्रा। लि। का रुपमा समेत कार्यरत पाण्डेले यसअघि पाटा नेपाल च्याप्टरको अध्यक्ष, ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपाल (TAAN) को अध्यक्ष, उपाध्यक्ष र महासचिव तथा एयरलाईन्स् अपरेटर्स एशोसियसन अफ नेपाल (AOAN)को महासचिव, कार्यकारी सदस्य– नेपाल पर्यटन वोर्ड, कार्यकारी सदस्य– नेपाल पर्यटन बर्ष – २०११ मा कार्यरत रहनुका साथै Torism man of the year 2011∕2017, Lifetime Achievement in Tourism Award -2015 जस्ता सम्मान प्राप्त गरेका छन् ।

नेपाली साहसिक पर्यटन क्षेत्रमा विशेष महत्व राख्ने उच्च हिमाली रेस्क्यु प्रविधिको सुरुवात तथा विस्तार, सन् २०१५को महा–भुकम्प पश्चात “संकट ब्यवस्थापन तथा पर्यटन पुनःउत्थानकार्यक्रमको तर्जुमा”, प्रथम “हिमालयन ट्राभल मार्ट–२०१७” मा विशेष भुमिका निर्वाह गर्नुहुने पाण्डेद्धारा प्रबर्धित स्काई डाईभिङ्ग तथा सन् २००९ मा कालापत्थरमा आयोजित नेपाल सरकारको क्याविनेट बैठक नेपाली पर्यटन क्षेत्रकै स्मरणिय बिषयहरु पर्दछन् ।

पाटा जस्तो गरीमामय अन्र्तराष्ट्रिय संघको सचिव/कोषाध्यक्ष पदमा उनको पदस्थापन पश्चात Covid -19 पछि हुने नेपाली पर्यटनको पुर्नस्थापनामा उल्लेखनीय सहयोग पुग्न सक्ने अपेक्षा गरीएको छ ।



प्रतिक्रिया दिनुहोस्