Logo

ब्राजिलका लागि सर्वाधिक गोल गर्ने पेलेलाई उछिन्नेतर्फ नियमार



एजेन्सी, २८ असोज । ब्राजिली फुटबल स्टार नियमारले पेरुविरुद्ध विश्वकप छनोट खेलमा ह्याट्रिक गरेका छन् । उनले बुधबार सम्पन्न खेलमा पेरुविरुद्ध ह्याट्रिक गर्दा इतिहास रच्ने सम्भावनालाई बलियो बनाएका छन् ।

नियमारले खेलको २८ र ८३ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए भने ९४ औं मिनेटमा अर्को गोल गरी ह्याट्रिक पूरा गरे । ब्राजिलले खेलमा पेरुलाई ४-२ ले पराजित गरेको छ । पेरुका दुई खेलाडीलाई रातो कार्ड दिइएको थियो । गोलको वर्षासँगै ब्राजिल विश्वकप छनोटको दक्षिण अमेरिकी समूहमा पहिलो स्थानमा उक्लिएको छ ।

रोनाल्डोलाई उछिन्दै नियमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा परेका छन् । उनले ६४ गोल गर्दा पेलेले ७७ गोललाई भेट्न १३ गोल मात्र बाँकी छ । २८ वर्षीय नियमारले विश्वकपसम्म यही लयमा खेलमा पेलेलाई उछिन्ने सम्भावना बलियो देखिएको छ ।-तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्