Logo

हिन्दु युवतीसँग प्रेम गर्न फतेह खान आर्यन मल्होत्रा बनेपछि…



एजेन्सी, २७ असोज । माया दुई आत्माको मिलन हो । दुई आत्मा एक भएर मात्र सम्बन्ध अगाडि बढ्न सक्छ । तर मायामा फसाउन मात्र पनि प्रेम गरेको नाटक गर्नेको कुनै कमि छैन यहाँ । त्यस्तै घटना कानपुरमा भएको छ । कानपुरमा फतेह खान नामका एक मुस्लिम युवकले आर्यन बनेर एक हिन्दु परिवारको घरमा भाडामा बसे ।

विस्तारै हिन्दु परिवारको छोरीसँग चिनजान बढाएर केटीमाथि लगातार दुई वर्षसम्म शारीरिक शोषणसम्म गरेका छन् । त्यो कुरा शंका लागेपछि घरवालाले उनको निगरानी राख्न थाल्यो । निगरानीको क्रममा केही शंकास्पद चीज भेटेपछि हिन्दु परिवार प्रहरीकोमा पुगेको छ ।

वास्तवमा मुस्लिम युवक फतेह खानले आर्यन मल्होत्राको नाममा फर्जी परिचय पत्र बनाएका थिए । कानपुर स्थित नौबस्ता थानामा परेको उजुरीमा हिन्दु परिवारले हिन्दु केटा नै भएकोले भाडाँमा बस्न दिएको बताएका छन् । तर शका लागेर उसको सत्यता पत्ता लगाउन खोज्दा उनीसँग दुईटा परिचयपत्र भेटिएको थियो । उनी वास्तवमा मुस्लिम परिवारका फतेह खान रहेछन् । पीडित परिवारले प्रहरीमा उजुरी दिएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्