Logo

आमाकोे मात्र दुध पिउँदा पनि यो बच्चाको ८ महिनामै २० किलो तौल



दुनियाँमा नसोचेको घटनाहरु भइरहेका हुन्छन् भने सोचेका काम कम मात्रामा हुने गर्छन् । पन्जाबको अंमृतसरमा आठ महिनाकी एक बालिकाको तौल २० किलोग्राम रहेको छ । आजसम्म हामीले देखेका ८ महिनाका बच्चाहरुको औसत तौल ५ देखि ६ किलोग्राम हुने गर्छ । यति सानो उमेरमा यति धेरै तौल देखेर डाकटर पनि दंग परिरहेका छन् । वास्तवमा नानीको आकार पनि तिव्ररुपमा बढिरहेको छ, जबकी उमेर सामान्य रुपबाटै बढीरहेको छ ।

डाक्टरले नानीको जाँचको लागि रगतको नमुना लिने कोशिश गरे तर मोटो चिउँडोमा सिरिन्ज सम्म घुसाउन सकेनन्् । यो बच्ची जन्मदा सामान्य थिइन् । उनको तौल ४ किलोग्राम थियो । तर जसो तसो दिन गुज्रदै जाँदा उनको तौल निकै बढ्यो ।

आश्चर्य लाग्दो कुरा चाँही नानीले आमाको मात्र दुध पिउँछिन् । आमाको मात्र दुध खाएर उनको तौल २० किलो पुगेको छ । तर उनको लम्बाई भने सामान्य बच्चाहरुको जस्तो छ । वास्तवमा बच्चीका पिता सुरजको आर्थिक स्थिति ठिक नभएको कारण छोरीको उपचार गर्न सकिरहेका छैनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्