Logo

१३ वर्षकी बालिका गर्भवती भएपछि अदालतले सेन्सर बोर्डलाई माग्यो जवाफ



एक १३ वर्षीया केटीले आफू गर्भवती भएको खुलासा आफै गरेकी छिन् । उनले आफू फिल्म ‘कलवानी’ हेरेर गर्भवती भएको बताएकी छिन् । यस्तो आश्चर्य लाग्दो विषय सम्बन्धमा चेन्नईको अदालत पनि अलमलमा परेको छ ।

१३ वर्षकी ती बालिका केही महिना पहिले आफ्नो प्रेमीको साथमा घरबाट भागेर गएकी थिइन् । प्रहरीले करिब एक हप्ता पहिले केटीलाई खोजेर ल्याएको थियो । प्रहरीले खोजेर ल्याएपछि अदालतमा पेश गरेको हो । अदालतमा केटीले फिल्म कलवानीबाट प्रभावित भएर यस्तो कदम उठाएको बताएकी छिन् । र आफू गर्भवती हुनुमा फिल्मलाई जिम्मेवार बनाएकी छिन् ।

उनले फिल्मलाई जिम्मेदार बनाएपछि चेन्नईको अदालतले फिल्मको प्रमाणपत्र र फिल्मको विषयवस्तुमा प्रश्न उठाएको छ । यो फिल्मलाई निर्देशन ए सर्कुनमले गरेका छन् भने फिल्म २०१० मा रिलिज भएको थियो । फिल्मको मुख्य भुमिकामा विमल र ओविया रहेका छन् ।

अदालतले यस्तो कन्टेन्ट हुँदा पनि फिल्म रिलिज हुने अनुमति दिएकोमा आपत्ती जनाएको छ । सेन्सर बोर्डको ग्रेडिङ, सम्पादन र निर्माताको प्रतिक्रिया बारेमा पनि पेश गर्न अदालतले आदेश दिएको छ ।

१३ वर्षकी केटी घरबाट भाग्नु र फेरि गर्भवती हुनु धेरै गम्भीर समस्या हो । तमिल फिल्म कलवानी हेरेर भाग्ने र फेरी गर्भवती हुनेको कुराले पत्ता लाग्छ कि यस्ता फिल्मले कालान्तरमा कति सम्म प्रभाव पार्न सक्छ र बच्चाहरुको मन–मस्तिष्कमा गहिरो असर पार्न सक्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्