Logo

देवीको प्रतिमाबाट रगतको आँसु निक्लिएपछि…



आजसम्म हामीले केही चमत्कारिक मन्दिरको बारेमा सुनेका छौ । हाम्रो देशमा केही प्रमुख धार्मिक स्थल छन्, जहाँ देवी देवता चमत्कारी मुर्तिको रुपमा विराजमान छन् । तर आज हामीले अर्जेन्टिनाको मन्दिरमा भएको एक वास्तविकता बारेमा बताउन जाँदैछौ । अर्जेन्टिनाको लास नाराजोन्सस्थित चर्चमा भर्जिन मैरीको प्रतिमाबाट रगतको आँसु निक्लने दाबी गरिएको छ ।

यस चर्चको पादरी र स्थानिय मानिसहरुले प्रतिमाको आँखाबाट रातो रंगको तरल पद्वार्थ झरेको देखेका छन् । चर्चले लगातार रुपमा आँसुबाट रगत निस्किएको बारेमा अनुसन्धान गरिरहेको छ । चर्च रेखदेख गर्ने मानिसहरुले वर्जिन मैरी लाई आफुले सपनामा पनि देखेको बताएका छन् । तस्वीरमा देखिएको प्रतिमाको आँसुबाट रातो रंगको पद्वार्थ बगेर कपडामा समेत आएको देखिन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्