Logo

५० घन्टासम्म कारलाई किस खाँदा कार उपहार



हालसालै सामाजिक सञ्जालमा सित्तैमा कार जित्नको एक रोचक कुरा बाहिर आएको छ । यस आश्र्चय लाग्दो प्रतियोगितामा जित्ने युवतीलाई यस्तो इनाम दिइएको छ जुन उपहारले दंग पर्नुहुनेछ । आस्टिनको ९६.७ किस एफएमले किस किया प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगितामा २० जना मानिसहरुले भाग लिएका थिए ।

यो प्रतियोगिता जित्नेलाई किया अपटिमा एलएक्स कार उपहार राखिएको थियो । सबै प्रतियोगीले आफ्नो जिब्रो कारमा टासेर राख्नुपर्ने थियो । यसमा जित्नु त्यत्ति सजिलो थिएन् । प्रतियोगितामा सहभागी मध्ये जयसर्या नामकी महिलले जितिन् । उनले कारलाई दुई दिनसम्म (५० घन्टा) ओठले कारमा टासेर राखिन् र कार उपहार प्राप्त गरिन् ।

आस्टिनको ३० वर्षीया महिला दिलिनी जयसुर्याले प्रतियोगिता जितेर कुनै पनि काम मनले चाहेमा गर्न सकिन्छ भन्ने प्रमाणित गरिदिइन् । यो प्रतियोगितामा लगातार ५० घन्टासम्म कारलाई किस गर्नु पर्ने थियो र उनी सफल पनि भइन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्