Logo

रक्षा मन्त्रालय माधव नेपालको भागमा!, कसले पाउला जिम्मेवारी ?



काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद हेरफेर गरेका छन् । अर्थ मन्त्रालयको जिम्मेवारी महासचिव विष्णु प्रसाद पौडेललाई दिईएको छ । सहरी विकास मन्त्रालयको जिम्मेवारीमा कृष्णगोपाल श्रेष्ठलाई ल्याईएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा लिलानाथ श्रेष्ठ ल्याईएको छ । र, जिम्मेवारी हेरफेरकै क्रममा पार्वत गरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिईएको छ । यसअघि गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा थिए ।

मन्त्रिपरिषद हेरफेरमा प्रचण्डको असन्तुष्टि !

प्रधानमन्त्री ओलीले यसपटक मन्त्रिपरिषद हेरफेर गर्दा रक्षा मन्त्रालयको नेतृत्व गरेका ईश्वर पोखरेलको मन्त्रालय भने आफूले नै राखेका छन् । उनलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ल्याईएको छ । नेकपानिकट स्रोतकाअनुसार रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले नै राखेपनि दशैं अघि नै उक्त मन्त्रालयको जिम्मेवारी वरिष्ठ नेता माधव कुमार नेपाल समूहका एक जनालाई दिईने तयारी छ । नेता नेपालले यसबारेमा आन्तरिक परामर्श थालेको पनि बुझिएको छ । स्रोतकाअनुसार नेपाल समूहबाट भीम रावललाई रक्षा मन्त्रालयको नेतृत्वमा पठाउने मोटामोटी सहमति बनेको छ । यसअघि नेपाल समूहबाट मन्त्री बन्ने चर्चा सुरेन्द्र पाण्डेको पनि थियो । तर, उनलाई मन्त्रिपरिषद हेरफेरमा ल्याईएको छैन् । File Photo/ReportersNepal

Related News:

पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी

रक्षा मन्त्रालयको जिम्मेवारी खोसिएपछि ईश्वर पोखरेल प्रधानमन्त्री भेट्न बालुवाटारमा 

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद हेरफेर : विष्णु पौडेल अर्थमन्त्री (कसलाई के जिम्मेवारी )



प्रतिक्रिया दिनुहोस्