काठमाडौं, २९ असोज । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघन गर्नेहरुको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । हामीलाई प्राप्त विवरणअनुसार यसरी मानवअधिकार उल्लंघन गर्नेहरुमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल, निर्वाचन आयोगकै सहसचिव राजकुमार श्रेष्ठ, र सचिव तोयम रायामाझी, पूर्वसहसचिव भोला शिवाकोटी , पूर्वसचिव श्यामप्रसाद मैनाली, सहसचिव चुडामणी शर्मा, पूर्वसचिव नारायण गोपाल मलेगोलगायत छन् । त्यस्तै, उच्च प्रहरी अधिकारी कुवेरसिंह राना, तारिणी लम्साल, पिताम्बरी अधिकारी, खडानन्द चौधरीसमेतको नाम मानवअधिकार उल्लंघनमा समावेश छ ।
श्याम मैनाली जिल्ला प्रशासन कार्यालय, बाँकेको प्रमुख जिल्ला अधिकारी हुँदा आर्थिक वर्ष २०५७/५८ सालमा कारागारमा कैदीमाथि गोली चलाउँदा मृत्यु घट्नामा मुछिएका छन् । र, नरेन्द्र दाहाल भने कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी हुँदा २०६४ साल असोजमा भएको घट्नामा मुछिएका छन् । सहसचिव चुडामणि शर्मा भने ललितपुरको प्रमुख जिल्ला अधिकारी हुँदा २०६८ साल चैत्रमा भएको घट्नामा मुछिएका छन् । सचिव तोयम रायमाझी मोरङका प्रमुख जिल्ला अधिकारी हुँदा २०७२ माघमा भएको घट्नामा मुछिएका छन् ।




प्रतिक्रिया