Logo

मरेको केटीको आत्माले छिमेकीलाई भन्यो, ‘मलाई घरभित्र गाडिएको छ बाहिर निकाल्नु’



हाम्रो समाज धेरै अगाडी बढिसकेको छ । मानिसहरु अन्धविश्वासलाई मान्न तयार छैनौ तर पनि कहिलेकाँही विश्वास गर्नुपर्ने बाध्यता हुन्छन् जसले हामीलाई अप्रत्यक्ष रुपमा असर गर्छ ।

त्यस्तै भारतको फरिदाबादको सन्तोष नगरमा एक घटना भएको छ । एक नाबालिका बच्चीको कंकाल उनकै घरबाट प्रहरीले बरामद गरेको छ । डेढ वर्ष पहिले आत्महत्या गरेकी बच्चीको शव परिवारले घरभित्र नै खाल्डो खनेर गाडेको थियो ।

परिवारले डेढ वर्ष पहिले नै घरभित्र गाडेको मिडियाहरुले बताएका छन् । पहिल्यै भएको घटनालाई छिमेकीहरुले प्रहरीलाई हाल मात्र बताइदिएका छन् । छिमेकीहरुले बच्चीको छाया देखेर पछिल्लो डेढ वर्षदेखि डराइरहेका थिए ।

‘मलाई घरभित्र नै मेरो बाबुले गाडिदिएका छन्, मलाई बाहिर निकाल्नु ।’ बच्चीको आत्माले भनेपछि छिमेकीहरु प्रहरीको सहायता लिन पुगेका हुन् । जानकारी पाएलगत्तै प्रहरी पुग्यो घर भित्रको कोठामा खन्न थाल्यो । जहाँ बच्चीको कंकाल भेटियो । प्रहरीले कंकालको पोस्टमार्टमको लागि अस्पताल पठाएको छ ।

प्रहरीको अनुसार बच्चीले आत्महत्या गरेकी थिइन् । सुरुवातमा आत्महत्या गरेको भनिएपनि घर परिवारले घरभित्रै गाड्नुको कारण भने रहस्यमय भन्दै प्रहरीले छानबिन गरीरहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्