Logo

पत्नीलाई सम्झिएर बेस्सरी रोएपछि…अचानक प्लेन ल्यान्डिङ



पत्नीको याद एक व्यक्तिलाई यसरी आयो की उडिरहेको हवाईजहाज नै इमरजेन्सि ल्याडिङ गर्नुपर्यो। पत्नीको यादमा ती व्यक्ति उफ्री उफ्री रोइरहेका थिए । त्यसकारण उडिरहेको हवाई जहाज तुरुन्त ल्यान्डिङ गर्नुपर्यो ।

पाकिस्तानी समाचारका अनुसार यी व्यक्तिको नाम इरफान हाकिम अली हो । रिपोर्टको अनुसार इरफानको केही समय पहिले विवाह भएको थियो । उनी कामको लागि साउदी अरबमा जादै थिए, तर उनले पत्नीलाई भने घरमै छाडेका थिए ।

भर्खर विवाह गरेकी पत्नीलाई घरमा छाडेर इरफान कामको लागि साउदी जान शाहीन फ्लाइटमा बसेका थिए । फ्लाइट रवाना लाहौर एयरपोर्टबाट उडान भरेर धेरै अगाडी बढिसकेको थियो । त्यसै क्रममा अलीले पत्नीलाई यसरी सम्झिएकी घर फर्कने बहाना सोच्न थाले ।

उनी आफ्नो सिटबाट उठेर जोर जोरले रुन थाले । फ्लाइटका कर्मचारीले सोध्दा उनले पत्नीको मृत्यु भएकोले घर फर्कन आवश्यक भएको बताए । उनलाई धेरै सम्झाउदा पनि मानेनन् र आखिरमा आधा बाटो पुगेको जहाज लाहोर एयरपोर्टमा फर्काउन पर्यो ।

एयरपोर्टमा फेरी पनि उनलाई सोधपुछ गरियो तब बल्ल सत्य कुरा बोले र भने, पत्नीको माया लागेर घर फर्कने बहाना गरेको । इरफानलाई पत्निप्रति एक पतिले गरेको चोखो माया देखेर कसैले पनि कारवाही गर्न सकेनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्