Logo

नवरात्रीको महत्व



नवरात्री हिन्दुहरुको एक प्रमुख पर्व हो । नवरात्रि शब्द एक सस्कृत शब्द हो । जसको अर्थ हुन्छ ‘नौ रात’ । यस नौ रात र दस दिनको क्रममा शक्ति देवीको नौ रुपको पुजा गरिन्छ । दशौ दिन दशहराको नामले प्रसिद्ध छ । नवरात्रि वर्षमा चार पटक आउछ । चैत्र, असार, असोज र पुस । चैत महिनामा चैत्र नवरात्रि हुन्छ जसलाई ठुलो नवरात्रि भनिन्छ । त्यस्तै असार र पुस महिनाको नवरात्रिलाइ गुप्त नवरात्रि भनिन्छ ।

माताको सबै शक्तिपिठको महत्व फरक फरक छन् । असत्यमाथि सत्यको विजय भएको विशेष दिन नवरात्रिमा हर्षोल्लासको साथमा दुर्गा भगवतीको पुजा गरिन्छ । धर्मशास्त्र अनुसार नवरात्रिमा दुर्गा भगवतीको पुजा गर्ने हो भने माछामासु सेवन, मद्यपान र स्त्रीसँग शयन गर्नुहुँदैन ।

नवरात्रिको नौ रातमा तीन देवी महालक्ष्मी, महासरस्वती र महाकालीको नौ स्वरुपका पुजा हुन्छ । जसको नाम र स्थान क्रमश यस प्रकार छन् । नन्दा देवी योगमाया (बिन्धवासिनी शक्तिपिठ), रक्तदन्तिका(सथुर), शाकम्भरी (सहारनपुर शक्तिपिठ), दुर्गा(काशी), भीमा (पिन्जौर), र भ्रामरी (भ्रमराम्बा शक्तिपिठ) नवदुर्गा भनिन्छ । नवरात्री एक महत्वपुर्ण प्रमुख चाड हो जसलाई हर्सोउल्लासको साथमा मनाइन्छ ।

नौदेवीहरु निम्न छन् ।

  • शैलपुत्री–पहाडको पुत्री हुन्छ ।
  • ब्रहचारिणी–ब्रहचारीणी
  • चन्द्रघन्टा–चन्द्रमा जस्तै चम्कने
  • कुष्माण्डा–पुरै जगत खुट्टामा
  • स्कंन्दमाता– कार्तिक स्वामीको माता
  • कात्यायनी–कात्यायन आश्रममा जन्मिएको
  • कालरात्रि–कालको नाश गर्ने वली
  • महागौरी–सेतो रंगको मां
  • सिद्धिदात्री–सर्व सिद्धि दिने


प्रतिक्रिया दिनुहोस्