Logo

नवनियुक्त मन्त्री श्रेष्ठको प्रतिबद्धता : ‘सरकारको यही कार्यकालमा वृद्धभत्ता ५ हजार पुर्याउनेगरि काम गर्छु’



काठमाडौं, २९ असोज । नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले सरकारको यही कार्यकालमा वृद्धभत्ता ५ हजार पुर्‍याउनेगरि आफूले काम गर्ने विश्वास दिलाएका छन् । आज मन्त्रालयमा पदभार सम्हाल्ने क्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । त्यस्तै, उनले सरकारलाई सफल बनाउन आफूहरु लागिपर्ने पनि स्पष्ट पारे ।  उनले आफूलाई मन्त्री बनाएकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद समेत  दिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्