Logo

अबको विकल्प आन्तरिक पर्यटन



काठमाडौं, असोज ३० । कोरोना महामारीको कारण तत्कालका लागि अन्तरराष्ट्रिय पर्यटकको आगमनको सम्भावना नरहेकाले नेपालको पर्यटन विकासका लागि अबको विकल्प आन्तरिक पर्यटन नै भएकोमा सरोकारवालाहरूले जोड दिएका छन् ।

टुरिजम रिकभरी टास्क फोर्स (टीरआरटीएफ) नेपालले सरोकारवालाहरूसँग बिहीवार आयोजना गरेको ‘आन्तरिक पर्यटन सुचारुः पर्यटन पुनरुत्थानका लागि पहिलो पाइला’ विषयक देशदर्शन संवाद कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

कोरोनाको प्रभाव छिट्टै हट्ने सम्भावना नदेखिएको र स्वास्थ्य सुरक्षाको विषयमा अन्तरराष्ट्रिय पर्यटकले बढी चासो दिने हुनाले तत्कालका लागि आन्तरिक पर्यटनमा जोड दिनुपर्ने उनीहरूको धारणा छ ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले मापदण्डहरूको परिपालनालाई भने सबैले विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाई रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्