Logo

कोरोना संक्रमणबाट २१ जनाको निधन



काठमाडौं, ३० असोज । नेपालमा २४ घन्टामा कोरोना संक्रमणबाट २१ जनाको निधन भएको छ । योसँगै संक्रमणबाट निधन हुनेको सख्या ७१५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर संक्रिय संक्रमितको सख्या ३७ हजार ३ सय ८२ पुगेकोे छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ४ हजार ८ सय ८ रहेको छ ।

आज २४ घन्टामा ४३ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका मध्ये आधा भन्दा धेरै काठमाडौ उपत्यकाका संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा मात्र आज २४ सय २ जना संक्रमित थपिएका थिए । कुल संक्रमितको सख्या १ लाख २६ हजार नाघेको छ ।



प्रतिक्रिया दिनुहोस्