Logo

नेपालमा ८८ हजारले कोरोना परास्त गर्न सफल



काठमाडौं, ३० असोज । कोरोना भाइरसबाट संक्रमण मुक्त हुनेको सख्या नेपालमा ८८ हजार ४० पुगेको छ । यो कुल संक्रमितको ६९.८ प्रतिशत हो । बितेको २४ घन्टामा कोरोना संक्रमण निको भई घर फर्कनेको सख्या ३५ सय २२ रहेको छ ।
आज १६ हजार ५ सय ३१ जनाको पिसीआर परीक्षणमा ४३ सय ९२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा संक्रिय संक्रमितको सख्या ३७ हजार ३ सय ८२ रहेको छ । आज ४३ सय ९२ जना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्