Logo

हेमा मालिनीको आज जन्मदिन



एजेन्सी, ३० असोज । हेमा मालिनीको १६ अक्टोबरमा जन्मदिन हो । आज मनाइरहेकी छिन् । जन्मदिनको अवसरमा रोचक जानकारीहरुः

  • हेमा मालिनी आमाको जय चक्रवर्तीको गर्भमा हुँदा नै आमाले छोरी भएको यकिन गरेर नाम सोचेको नाम हो हेमा मालिनी ।
  • उनी आमा राम्रो नर्तकी बन्न चाहान्थिन् तर बन्न सकिनन् । र हेमालाई सर्वोत्तम नर्तकी बनाउनमा ध्यान दिइन् ।
  • लगातार अभिनयमा प्रस्ताव आएकोले हेमाले १० कक्षाको परिक्षा पनि दिन पाइनन् । १४ वर्षको उमेरमा नै हेमाको घरको ढोमामा फिल्म निर्माताको लाइन लाग्थ्यो ।
  • उनको पहिलो हिन्दी फिल्म सपनो का सौदागर हो । हेमाका हिरो शौ मैन राजकपुर थिए । त्यतिबेला राजकपुरले भनेका थिए, तिमी एक दिन सिनेमाको ठुलो स्टार बन्नेछौ । राज साहेबको भविष्यवाणीलाई हेमाले साचो साबित गरिदिइन् ।
  • सुरुवातका दिनमा नै धर्मेन्द्रको साथमा काम गरिन् । यी दुवैको फिल्म बक्स अफिसमा धेरै नचलेपनि जोडीलाई भने धेरैले मन पराए । अगाडी बढेर हिन्दी फिल्मको इतिहासमा सफल फिल्म दिए र बलिउडकै सर्वाधिक कामयाब जोडिको रुपमा स्थापित भए ।
  • सीता र गीतामा हेमा मालिनीले डबर रोल गरिन् यसै फिल्मले शानदार कामयाबी हेमालाई अग्रिम पंक्तिकी नायिका बनाइदियो । हेमाको सोन्दर्य देखेर सबैले ड्रिम गर्ल पुकार्न थाले । यो नामबाट हेमाको आमाले फिल्म बनाएकी थिइन् ।
  • हेमालाई जितेन्द्र र संजीव कुमार जस्ता अभिनेताले हेमा मालिनीसँग विवाह गर्न चाहान्थे । तर धर्मेन्द्रले बाजी मारे । २००४ मा हेमा मालिनी भारतीय जनता पार्टीमा सहभागी भइन् र उनले राजनितिक यात्रा सुरु गरिन् ।
  • फिल्म फेअर अवार्ड्समा सर्वश्रेष्ठ अभिनेत्री अवार्डमा उनका नाम ११ पटक नामांकित भएको थियो । हेमा हप्तामा २ पटक उपवास बस्नु उनको जिन्दगीको अंग नै भएको छ ।


प्रतिक्रिया दिनुहोस्