Logo

कुकुरसँग महिलाको विवाह



छत्तीसगढको कोरबा जिल्लामा आदिवासी मुन्डा समाजमा एउटा परम्परा पनि हाल सम्म चलिआएको छ । मानिसहरु ग्रह दोष मेटाउनको लागि बच्चाको विवाह कुकुरको बच्चासँग गरिन्छ । मकर संक्रान्तिको अर्को दिन पारम्परिक गीताकोबीचमा दुध खादै गरेको बच्चासहित पाँच वर्षका ८ बच्चाको विवाह धुमधामसँग गर्ने गर्छन् ।

बच्चाको साथमा दुलही र दुलाहाको रुपमा कुुकुरको बच्चा राख्छन् । रमाइलो माहौलमा समाजका मानिसहरु गीतामा पनि पढ्छन् ।

समाचार अनुसार समाजमा यस्तो मान्यता छ की दुध खादै गरेको बच्चको माथिल्ला दाँत पहिला निस्केमा यसको ग्रह दोष लाग्छ । यसैकारण पाँच वर्षभन्दा पहिले बच्चाको विवाह कुकुरसँग गराइन्छ । विवाह पुरै रितिरिवाजबट धुमधामसँग गरिन्छ । बच्चालाई दुलाहा–दुलहीको रुपमा सजाउदा कुुकुरको बच्चालाई पनि सजाइन्छ । उसलाई माला लगाइन्छ । जन्ती निकालेर गाउँको अन्तिम भागमा बच्चाको विवाह गरिन्छ । ठुला बडाले पुजा–अर्चनाको साथमा बच्चा र कुकुरलाई बेसार पनि लगाइन्छ ।

यसपछि सामान्य तरिकाले सिन्दुर लगाउने परम्परा छ । अन्तिममा आर्शिवाद लिइन्छ र विवाह सम्पन्न हुन्छ । विवाह सम्पन्न भएसँगै महिलाहरु नाच्न गाउँदै दुलाहा दुलहीलाई घरमा लैजान्छन्, जहाँ खुट्टा धोएर घरमा प्रवेश गराउँछन् । कुकुरलाई खाना पनि खान दिन्छन् । रातभर जाग्राम बस्छन् । दुलाहा दुलहीको रेखदेखको जिम्मवारी बच्चाहरु ठुला हुँदासम्म समाजले नै निभाउने गर्छन् । समाजका मानिसको अनुसार यो परम्परा निभाउँदा बच्चामा भएका सबै नराम्रा प्रकारका ग्रह दोष मेटिन्छ ।

उनीहरुको पुर्वजबाट चल्दै आएको परम्परा अहिलेपनि त्यहाँका मानिसहरुले गर्दै आएका छन् । यो परम्परामा कुकुरलाई दुलाहा बनाएर आफ्नो सानो छोरीको सिउँदोमा आमाले सिन्दुर हाल्ने गर्छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्