Logo

दुलाहाको दाँत भाँच्चिएको देखेर दुलही मण्डपबाट भागिन्



सोनभद्रेमा दुलहीले दुलाहासँग विवाह गर्न इन्कार गरिदिएकी छिन् । दुलही मण्डपबाट एकाएक हराइन् । दुलाहाले नै दुलहीलाई सम्झाउँदा पनि केटी विवाहको लागि तयार भइनन् । दुलहीले दुलाहाको दाँत भाँच्चिएको देखेर बेहुली विवाह गर्न नमानेकी हुन् ।

फेरो लिन लागेका दुलाहाले विवाह बीचमै यसरी टुगिन्छ भनेर सोचेका पनि थिएनन् । तर संयोगले यस्तो भइदियो । केटा तर्फकाले केटीको बाबुले दशसम्म पढ्न लगाएका थिए तर पाचौसम्म पढेको हुनाले विवाह रोकिएको आरोप लगाइरहेका छन् ।

वास्तवमा केटा र केटी दुवैजना राबर्ट्सगँज कोतवाली क्षेत्रमा बस्ने गर्थे । ११ मे मा विवाह हुँदै थियो । केटीको बाबुले दाइजोको रुपमा ३० हजार रुपैयाँ पनि दिइसकेका थिए, त्यो पनि दुलाहा पक्षसँग फिर्ता माग्दै थिए । जबकी केटाका बाबु फिर्ता दिने पक्षमा थिएनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्