Logo

भारतमा विवाहका लागि महिलाको उमेर बढाउने संकेत



एजेन्सी, ३० असोज । भारतमा विवाहका लागि महिलाको उमेर १८ र पुरुषको उमेर २१ वर्ष हुनुपर्ने व्यवस्था छ । कानुनमा यस्तो व्यवस्था भएपनि महिलाको विवाहको लागि योग्य हुने उमेर कम भएको विषय उठ्दै आएको छ ।

यसैलाई लिएर महिलाको विवाहका लागि योग्य हुने उमेर बढाउने तयारी भएको छ । आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले यसबारे छिट्टै निर्णय लिने बताएका छन् । शुक्रबार उनले यसबारे अध्ययन गर्न गठित कमिटीको सुझाव लिई निर्णयमा पुगिने बताएका हुन् ।

सरकारले चालेको कदमले महिलाहरुको विद्यालय जाने प्रतिशत समेत बढेको उल्लेख गरेका छन् । उनले महिलाहरुको अवस्थामा व्यापक सुधार भएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्