Logo

राजलवटद्वारा ट्राफिक महाशाखादेखि शंखपार्कसम्म निःशुल्क गुर्जोको विरुवा, धुलो र चियाको प्याकेट वितरण (फोटोफिचर)



काठमाडौं, ३० असोज । निःशुल्क गुर्जोको विरुवा, डाँठ, धुलो प्याकेट र चियाको प्याकेट वितरण गर्दै आएका अभियन्ता कमलबहादुर राजलवटले आज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा निःशुल्क गुर्जोको विरुवा, चियाको प्याकेट र धुलो वितरण गरेका छन् । उनले आज काठमाडौंको शंखपार्कमा ५०० सय विरुवा, गुर्जोको चियाको प्याकेट प्रदान गर्नुको साथै उपस्थित् मानिसहरुलाई गुर्जोको चियापनि खुवाएका थिए ।

आजै, उनले काठमाडौंको सामाखुशीमा रहेको लायन्स क्लबलाई २५० विरुवा र चियाको प्याकेट प्रदान गरेका थिए । र, ट्राफिक महाशाखा रामशाहपथ, सिंहदरबार सपी रामेश्वर यादवको उपस्थितिमा २५० विरुवा र चियाको प्याकेट प्रदान गरे । र, ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १३ पनि तीन सय विरुवा हस्तान्तरण गरे भने सन्तानेश्वर महादेवमा १०० विरुवा उपलब्ध गराएका थिए । र, उनले कोरोना संक्रमितहरुलाई गुर्जोको धुलोको प्याकेट पनि प्रदान गरेको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्