Logo

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रेष्ठको घोषणा : ‘म १८ घण्टा खट्छु, समय कम छ’ (भिडिओसहित)



काठमाडौं, ३० असोज । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठले आफूले पाएको जिम्मेवारी ईमानदारिताका साथ पूरा गर्ने स्पष्ट पारेका छन् । मन्त्री भएको भोलिपल्ट आज (शुक्रबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले आफूले दैनिक १८ घण्टा काम गर्ने जनाए । देश र जनताको लागि मन्त्री र कर्मचारी मिलेर नै जानुपर्ने भएकोले आफूले कर्मचारीलाई पनि यही आग्रह गरेको मन्त्री श्रेष्ठले सुनाए । उनले आफूले कार्यकालको योजना बनाईरहेकोले सोहीअनुसार आफू अघि बढ्नेपनि विश्वास दिलाए । आफू ठिक भए कर्मचारी पनि ठिक हुने उनको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्