Logo

भारतमा २०२१ को मार्चभित्र कोरोनाविरुद्धको भ्याक्सिन आइसक्ने



एजेन्सी, १ कात्तिक । भारतमा सन् २०२१ को मार्चभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन आइसक्ने निश्चितप्रायः भएको छ । भारतमा विकास भइरहेको दुईवटा भ्याक्सिन तेस्रो चरणको परीक्षणको क्रममा रहेको र नतिजाहरु प्रभावकारी भएबाट भ्याक्सिन उक्त मितिमा आउने विश्वास गरिएको हो ।

विश्वको सबैभन्दा ठुलोमध्येको भ्याक्सिन निर्माणता भारतीय कम्पनि सेरम इन्स्टिच्युट अफ इन्डियाका कार्यकारी निर्देशक डा.सुरेश जादवले विभिन्न कम्पनिहरु भ्याक्सिन विकासका क्रममा रहेकाले भारतमा अर्को वर्षको मार्च महिनाभित्र भ्याक्सिन आइसक्ने बताएका हुन् ।

भारतमा २०२१ को शुरुमै भ्याक्सिन विकासका निर्णायक परिणामहरु आउने बताइएको छ । त्यहाँ वर्षको ८० करोड डज भ्याक्सिन सम्म उत्पादन गर्न सकिने बताइएको छ ।

भ्याक्सिनको पहिलो प्राथमिकता स्वास्थ्यकर्मी हुनेछन् । त्यसपछि ५० वर्ष कटेकाहरु हुनेछन् ।

भारतमा दुईवटा भ्याक्सिन तेस्रो, एउटा दोस्रो चरणको परीक्षणमा छन् । कतिपय कम्पनिहरु भ्याक्सिन विकासको दौडमा देखिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्