Logo

दशैंअघि नै टोपबहादुर रायमाझीलाई उपप्रधानसहित रक्षामन्त्री बनाईने !



काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंअघि नै टोपबहादुर रायमाझीलाई उपप्रधान एवम् रक्षामन्त्री बनाउनेगरि तयारी थालेका छन् । प्रधानमन्त्री ओलीले हालै गरेको मन्त्रिपरिषद हेरफेरमा ईश्वर पोखरेलसँग खोसेर रक्षा मन्त्रालय आफैंसँग राखेका छन् । पार्टीमा संकटमा परेको बेला आफूलाई साथ दिएका नेताहरुलाई ओलीले छानी छानी अवसर दिएका छन् ।

अब रक्षा मन्त्रालयको नेतृत्वमा प्रधानमन्त्री ओलीले पूर्व माओवादी खेमाका नेता टोपबहादुर रायमाझीलाई ल्याउने तयारी गरेका छन् । यसको लागि ओलीले आफूनिकट नेताहरुसँग आज विहान परामर्श गरेका थिए । उक्त छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेतद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेर मोर्चाबन्दी रायमाझीले ओलीलाई साथ दिएका थिए ।

ओलीको कार्यशैलीः गुटको रक्षा गर्दै आफ्नालाई अवसर नै अवसर

उनले एकता महाधिवेशनसम्म ओलीलाई नै निरन्तरता दिनेबारे आफ्नो सार्वजनिक अभिव्यक्ति दिएका थिए । र, उनले आफूलाई ओलीकै खेमामा उभ्याएका थिए । रायमाझीले पूर्व माओवादी केन्द्रका नेताहरु प्रभु साह, हरिबोल गजुरेल, लेखराज भट्ट र मणि थापालगायतका नेताहरुलाई पनि ओलीकै पक्षमा उभ्याएका थिए । ओलीले रायमाझीको त्यही गुण तिर्नको लागि पनि यसपटक उपप्रधानसहित रक्षा मन्त्रालयको नेतृत्व दिने तयारी गरेका छन् ।

रायमाझी यसअघि नै उपप्रधानमन्त्री भैसकेको व्यक्ति भएकोले यसपटक पनि उपप्रधानमन्त्री नै दिएर रायमाझीको प्रोटोकल म्यानेज गर्ने बालुवाटारको योजना छ । रायमाझीले यसअघि नै रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा आफूलाई उपप्रधानमन्त्रीसहितको जिम्मेवारी दिएमात्रै सरकारमा जाने नभए नजाने भनेर स्पष्ट पारिसकेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्