Logo

हरियो रंग लगाएको खसी, बोका र च्यांग्रा किन्न काठमाडौं महानगरपालिकाको आग्रह



मुकुन्द कालिकोटे : काठमाडौं १ कार्तिक । काठमाडौं महानगरपालिकाले काठमाडौंको टुकुचा खसिबजारमा अनुगमन गरेको छ । दशैंको चटारोमा उपभोक्ताहरुलाई स्वच्छ, स्वस्थ्य खसी, बोका र च्यांग्रा विक्री वितरण भएको छ कि छैन भनेर आज विहान टुकुचा खसी बजारमा अनुगमन गरेको हो । टुकुचा खसी बजारमा भएका खसी, बोका र च्यांग्राहरुको स्वास्थ्य परीक्षण गर्दै काठमाडौं महानगरपालिका पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाले भने,”विरामी, अस्वस्थ्य खसी, बोका र च्यांग्राहरुले जनस्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले हामीले जहाँ जहाँ विक्री वितरण भएका छन् त्यहाँ त्यहाँ अनुगमन गरिरहेका छौं र उपभोक्ताहरुलाई हरियो रंग लगाएको खसी, बोका र च्यांग्रा किन्न अनुरोध गरिरहेका छौं ।”

“हामी प्रत्येक दिन अनुगमन गर्छौं र वितरकहरुलाई पनि अस्वस्थ्य खसी, बोका र च्यांग्रा विक्री वितरण नगर्न अनुरोध गछौं, त्यस्तो पाईएमा कारवाही पनि गर्छौं हामी यहाँबाट कलंकी र बल्खुमा पनि अनुगमन गर्न जाँदै छौं”-डा. झाको भनाई थियो ।  केन्द्रका कार्यवहाक अध्यक्ष तथा टुकुचा खसी बजारका अध्यक्ष शन्तोष खत्रीले अहिले चाईनाको केरुंग नाका बन्द भएका कारण नेपाल मैं उत्पादन भएका खसी, बोका र च्यांग्राहरु ८० प्रतिशत आएका छन्, हामीलाई खुसी लागेको छ, भने भारतबाट करिब २० प्रतिशतमात्र आयात भएको जानकारी दिए ।

७० प्रतिशत पूर्वको ईलामबाट र अरु पश्चिमबाट आउने बताउँदै अध्यक्ष खत्री भन्छन्-“टुकुचामा १७ स्टोर लिएर बसेका स्थायी र करिब १०० जना खुद्रा व्यवसायीहरुले खसी बोका र च्यांग्राको विक्री वितरण गरिरहेका छौं ।” कोरोना भाईरस (कोभिड-१९) का कारण यति खसी बोका र च्यांग्रा आउँछन् भन्ने अनुमान छैन, गत वर्ष ४५ देखि ५० हजारसम्म काठमाडौं आयात हुन्थ्यो भने अहिले ३० देखि ३२ हजारसम्म आयात हुने अनुमान गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।

अहिले ६०० देखि ६५० सम्म खसी, बोकाको मूल्य र भने च्यांग्राको ९५० केजीमा विक्री भैरहेको जानकारी दिँदै अबका दिनमा प्रत्येक प्रदेशहरुमा संगलन केन्द्र बनाएर आयात गर्दै विहानदेखि विलुकीसम्म विक्री वितरण गरेर उपभोक्ताहरुलाई सहजीकरण गरिने बताए । उनले भने,”अहिले मागअनुसार खसी, बोका र च्यांग्रा आएका छैनन, ५, ६ गतेबाट आउँछन् ।”



प्रतिक्रिया दिनुहोस्