Logo

नेकपाको कर्णाली प्रदेशका पदाधिकारीसँग प्रधानमन्त्री ओलीको छलफल सुरु



काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको कर्णाली प्रदेशका विवादबारे पदाधिकारीसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छलफलमा दुवै पक्षका नेताहरु सहभागी छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध आफ्नै पार्टीका १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएका थिए । तर, केन्द्रबाट हस्तक्षेप भएपछि उक्त प्रस्ताव अहिले स्थगित् भएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले कर्णालीका पदाधिकारीलाई काठमाडौं बोलाएका छन् । यसअघि दाहालले शाही र शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका यमलाल कँडेल दुवै पक्षसँग बेग्लाबेग्लै छलफल गरिसकेका छन् । आजको बालुवाटारको छलफलमा दाहाललाई पनि बोलाईएको थियो । तर, दाहालले आफू आउन नसक्ने जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्