Logo

आज दशैंको पहिलो दिन घटस्थापना, वसन्तपुरस्थित् दशैंघरमा जमरा राखियो (फोटोफिचर)



काठमाडौं, १ कार्तिक । आज दशैंको पहिलो दिन घटस्थापना । काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा पनि जमरा राखिएको छ । बिहान ११ः४६ को शुभसाइतमा जौ छरेर जमरा राखिएको हो । घटस्थापनाको क्रममा नेपाली सेनाको टोलीले मंगल धुन बजाउनुका साथै बढाइँ गरेको थियो ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा जौ रोपिन्छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्