Logo

क्याम्पस सञ्चालन गर्दा सयौं विद्यार्थी कोरोना संक्रमित



एजेन्सी, १ कात्तिक । कोरोना भाइरसको जोखिमका बाबजुद क्याम्पस खोल्दा सयौं विद्यार्थी संक्रमित भएका छन् । यो घटनाका कारण क्याम्पसले सम्बन्धन प्राप्त गरेको विश्वविद्यालयका अध्यक्षले नै राजीनामा दिनुपरेको छ ।

यो घटना अमेरिकाको ओनिओन्टास्थित स्टेट युनिभर्सिटी अफ न्युयोर्कको हो । जहाँ क्याम्पस खोल्दा सयौं विद्यार्थी कोरोना संक्रमित भएका छन् । विश्वविद्यालयका अध्यक्ष डा. बारबारा जिन मोसिले राजीनामा दिनुपरेको छ ।

विश्वविद्यालयको अनिअन्टास्थित क्याम्पसमा मा ७ सय १२ जना विद्यार्थी कोरोना भाइरसको संक्रमित भइसकेका छन् । १७ अगष्टमा क्याम्पसको हल खोलिएको थियो ।

अहिलेसम्म उक्त विश्वविद्यालयमा ११ सय ६७ जना कोरोना भाइरसका संक्रमित थपिइसकेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्