Logo

२४ घन्टामा काठमाडौंमा १७४६ जना कोरोना संक्रमित थपिए



काठमाडौं,  १ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १७  सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३१  सय  ६७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १७ सय ४६ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले   १५ हजार  ४ सय   ३८ जनाको पिसीआर परिक्षणमा  ३१ सय ६७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १८०० कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ८९ हजार  ८ सय  ४० रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका   १४५१ जना र ललितपुरका  १५२ जना र भक्तपुरका  १४३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  १ लाख २९ हजार ३  सय ४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्