Logo

‘यसपालिको दशैं शाकाहारी र सुरक्षित तवरले घरमै बसेर मनाऔं’



मिरा शाह, आहार तथा पोषण विज्ञ :  दशैं नेपालीहरुको महान तथा राष्ट्रिय पर्व हो । पौराणिक कथा अनुसार भगवतीले दानवीय शक्तिमाथि विजय प्राप्त गरेको र भगवान श्रीरामले आजको दिन रावणलाई मारेर विजया दशमी मनाएको परम्परा चलिआएको छ । दसैँ असत्यमाथि सत्यको विजय भएकोले हामी शाकाहारी मनाउँ । यो वर्ष हामी दशैं घरबाहिर टिका थाप्न नगई घरभित्रै आफ्नो परिवारसहित मनाऔ। हरेक वर्ष हामी सधैं बाहिर जान्थ्यौं । रमाइलो गरिनथ्यो, ठुला बडासँग आर्शिवाद र दक्षिणाा आदि पाउदा कत्ति रमाइलो हुन्थ्यौं । तर, यसपालि सम्पूर्ण मानव जातिनै कोभिड १९ को महामारीका कारण गहिरो शोकमा डुबेको छ। चारैतिर कोरोनाको महामारीले गर्दा भोकमरि, कुपोषण, आत्महत्या , मानसिक तनाव , बेरोजगारी आदिले त्रास बढेको छ । शाकाहारी दशैं शुद्ध, सरल र सहज तरिकाले मनाउनु नै राम्रो हो। हामी दशैं सात्विक तरिकाले मनाउद आफ्नो शरिरलाई स्वस्थ तथा निरोगी बनाई लामो आयुसम्म बाँच्न सक्छौँ । शाकाहारी हुनुको फाईदाहरु यस प्रकार छन् ः

शाकाहारी व्यक्ति जसले वनस्पतिजन्य खाद्य बस्तुको उपयोग गरेर ४० प्रतिशत मुटु रोग कम हुन्छ भने ३० प्रतिशत मृत्युदर कम हुन्छ । त्यस्तै बिश्वभरि १० प्रतिशत व्यक्तिहरु अहिले शाकाहारी रहेका छन । यो तथ्य गेस्ट एलर्ट मेडिकल न्यूज टुडे एण्ड डेलि न्यूजमा प्रकाशित गरिएको थियो। त्यसैगरी वनस्पतजन्य खाद्य पदार्थको उपयोगले मुटुको धमनीको रोगसम्बन्धी खतरा ९१ प्रतिशत देखि ६० प्रतिशतसम्म न्यून हुने देखाएको छ । शाकाहारीको तुलनामा ३३ मानिसहरू मोटोपनको बढि शिकार भएको पाइएको छ ।

अहिलेको परिप्रेक्ष्यमा भन्नुपर्दा घरभित्रै आफ्नो परिवारमा मात्रै दशैं मनाउनु ठीक हो। काठमाणडौमा दिनानुदिन कोरोनाको बिरामी बढिरहेका छन । अहिलेसम्म कतिपय बिरामी ठीक पनि भएका छन् । दशैं सुरु भएसँगै काठमाडौंका विभिन्न बजारमा भिडभाड र आबतजाबत पनि बढेको छ । जसले हामी झन् संक्रमण हुने खतरा छ । अहिले सुरक्षित, सजक र स्वस्थ रहनु नै ठीक हो । यो दशैं कसैको नि दशा नहोस । कोही पनि विरामी भएर अस्पताल जान नपरोस। कतिपयलाइ अहिले खल्लो भएको भान भएको होला । तर, आफ्नो ज्यानभन्दा ठूलो केही हुन्न । दशैं अर्को वर्ष फेरि आउँछ । तर, ज्यानै रहेन भने के दशैं मनाउने।

कस्तो प्रकारको खाना खाने त ?

आफ्नो शारिरिक अवस्था, रुचि र कामअनुसारको सन्तुलित भोजन गर्दा नै राम्रो हुन्छ । कोही मधुमेह, उच्चरक्तचापको बिरामी हुनुहुन्छ भने यहाँहरुले आफ्नो खानपानमा बिशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । साथै, औषधी पनि समयअनुसार नै सेवन गर्नुपर्छ । दीर्घरोगीहरु लामो समयसम्म भोकै बस्नुहुँदैन् । र, समयतालिकाअनुसार भोजन गर्दा राम्रो हुन्छ । ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती महिलाहरू भोकै बस्नुहुँदैन् । भोजनमा चिल्लो पदार्थको कम मात्र प्रयोग गर्ने। आफ्नो समयअनुसार खाना खाने। मौसम अनुसारको तरकारी तथा फलफूलहरु नियमित प्रयोगमा ल्याउने। तारेको, भुटेको, नपच्ने र फ्रिजमा लामो समयसम्म राखेका खानेकुरा सकभर प्रयोग नगर्ने। मैदा, चिनी, नून, जंकफुड आदि प्रयोग नगर्ने। हर्बल तथा घरको खाना मात्र खाने। आफ्नो शारिरिक अवस्था हेरेर व्रत बस्ने। सकभर अस्पताल जान नपरोस । यो बेलामा आफ्नो स्वास्थ्यको बढी ध्यान पुर्याउने गरौं। हरियो तथा ताजा पकाएको खानेकुरा खाने खाने गरौं । खानेकुरा जहिलेपनि चपाएर खाने गरौं । र, खाना खाँदा धेरै हतार नगरौं ।

मौसमअनुसारको फलफूल खाँदा राम्रो हुन्छ । अमला , स्याउ, नास्पाति, अम्बा, मौसम, केरा र सीताफल आदिको सेवन गर्ने । एकपटक प्रयोग गरेको तेल पूनः उपयोग नगर्दा नै राम्रो हुन्छ । जडीबुटी सुठो, चिया सिड, आलस, फर्सीको बियाँ, गुर्जोको जुस र धुलो आदि प्रयोग गर्दा राम्रो हुन्छ । जथाभावी आफ्नो मनले कुनैपनि औषधिको उपयोग गर्नु हुन्न , चिकित्सकको सल्लाह अनुसार मात्र सेवन गर्नुपर्छ । शारिरिक अभ्यास गर्ने, राति खाना खाको कम्तीमा २ घण्टा पछाडि मात्र सुत्ने ।
कतिपय व्यक्तिले हतारमा खाना बच्चाहरु टिभी, मोबाइल हेर्दाहेर्दै खाने बानी छ भने त्यो बानि पनि सुधार गर्नुपर्ने हुन्छ ।

आफ्नो थालमा रंगीचङी रंगको खानेकुराहरूले भरौ। दिनहुँ हरेकबार खाना चार भनेँजस्तै खानेकुरा खाउँ। शरिरलाइ पानीको मात्रा कम हुन दिनु भएन। घरभिर्त्रै हिँडडुल आदि गर्नुपर्छ । सामाजिक दुरी कायम राख्ने । दसैँमा नयाँ लुगासँगै मास्क अनि पञ्जाको प्रयोग नियमित गर्ने गर्नुपर्छ । १२ वर्षभन्दा कम र ६० वर्षभन्दा बढी उमेर भएका व्यक्तिहरुलाइ बाहिर जान सकभर नदिनु नै राम्रो हुन्छ । सकरात्मक सोचाइ राखौं । एकआपसमा मेलमिलाप कायम गरौं । र, सौहार्द र व्यवहारिक बन्नुपर्छ । यस्तो बेला टिका सामाजिक सञ्जाल प्रयोग गरेर भिडियोमार्फत मात्र लगाउन पनि म सबैलाई हार्दिक आग्रह गर्दछु । अन्तमा सम्पूर्णमा दसैँको शूभकामना । स्वस्थ रहौं र सुरक्षित बनौं ।

लेखक डा. शाह कीर्तिपुर बर्न अस्पताल र मार्क इन्टरनेशनल किडनि सेन्टरमा कार्यरत छिन् ।



प्रतिक्रिया दिनुहोस्