Logo

रहेनन् नेपाली चलचित्र क्षेत्रका प्रथम छायाकार बैकुण्ठ मास्के



काठमाडौं, १ कात्तिक । नेपाली चलचित्र क्षेत्रमा पर्दा पछाडिको विशेष नाम हो बैकुण्ठमान मास्के । उनको ८३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

मास्केको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बुझिएको छ । उनी केही वर्षयता मृगौलाका विरामी थिए । उनको मृगौला उपचार केन्द्रमा उपचारका क्रममा कोरोना भाइरसको पुष्टि भएको थियो । उनको शुक्रबार नै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

मास्के नेपाली चलचित्र क्षेत्रका प्रथम छायाकार हुन् । २०२१ सालमा पुणेस्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट अध्ययन गरेका उनले परिवर्तन, मनको बाँध, हिजो आज भोलिलगायत दर्जनौं चलचित्रको छायाँकन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्