Logo

मिथुनका छोरामाथि बलात्कारको उजुरी



एजेन्सी, १ कात्तिक । बलिउड नायक मिथुन चक्रवर्तीका छोरामाथि बलात्कारको उजुरी परेको छ । उनीमाथि मुम्बईको ओसिवारा प्रहरी स्टेशनमा बलात्कारको उजुरी दर्ता भएको हो ।

उनका छोरा महाक्षमाथि १५ अक्टोबरमा अभियोग दर्ता भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । मिथुनकी पत्नी योगिता बालीविरुद्ध पनि उजुरी दर्ता भएको छ ।

उजुरी दर्ता गर्ने युवतीले आफू सन् २०१५ यता महाक्षसँग प्रेम सम्बन्ध रहेको र विवाहको बाचा गरेर पनि पूरा नगरेको आरोप लगाएकी छिन् ।

युवतीले महाक्षले आफू प्रेम सम्बन्धमा रहँदा हल्का पेय पद्धार्थमार्फत् औषधी खुवाएर आफ्नो इच्छाविपरित शारीरिक सम्बन्ध राखेको समेत आरोप लगाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्