Logo

स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य



वालिङ, १ कार्तिक । आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए ।

उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा गएराति १२ बजेदेखि लागू हुने गरी उक्त नियम अनिवार्य गरिएको हो । उनले भने, ‘जिल्ला प्रवेश गर्दा अनिवार्यरुपमा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएका तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ ।’ जिल्लास्थित सर्वदलीय बैठकले चाडपर्व नजिकिँदै गरेको अवस्थामा नागरिकको आवागमन स्वभावतः बढ्ने भएकाले जोखिम बढ्ने भन्दै जिल्लामा कडाई गर्ने निर्णय गरेको प्रजिअ बस्नेतले बताए ।

स्याङ्जा जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ । प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा समारोह भेला तथा भिडभाड नगर्न नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरु अपनाउन आग्रह गरेको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्