Logo

लिभरपुललाई इभर्टनले बराबरीमा रोक्यो



एजेन्सी, १ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबल रोमाञ्चक बन्दै गएको छ । आज भएको प्रतिष्पर्धामा साविक लिग विजेता लिभरपुल प्रतिष्पर्धात्मक खेलमा बराबरीमा रोकिएपछि रोमाञ्चक बन्दै गएको हो ।

इभर्टनमाथि दुईपटक अग्रता लिएपछि लिभरपुलले जोगाउन सकेन । खेलको तेस्रो मिनेटमा मानेले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । तर, कियनले १९ औं मनेटमा इभरटनका लागि बराबरी गोल गरे ।

सलाहले ७२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । तर, ८१ औं मिनेटमा कालभर्ट लिविनले बराबरी गोल गरी लिभरपुललाई स्तब्ध पारे ।

२-२ को बराबरीपछि इभरटन १३ अंकका साथ पहिलो र लिभरपुल १० अंकका साथ दोस्रो स्थानमा छन् ।



प्रतिक्रिया दिनुहोस्