Logo

हाप म्याराथुनमा केन्याकी पेरेजले बनाइन् किर्तिमान



एजेन्सी, १ कात्तिक । केन्याकी पेरेज जेपचिरचिरले हाप म्याराथुनमा विश्व रेकर्ड बनाएकी छिन् । उनले एक घन्टा पाँच मिनेट १६ सेकेन्डमा दौड पूरा गर्दै रेकर्ड बनाएकी हुन् ।

पोल्यान्डको गिनियामा भएको प्रतियोगितामा पेरेजले यसअघि आफैले बनाएको रेकर्ड तोडेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्