Logo

निःशुल्क गुर्जो वितरण महाअभियन्ता राजलवटद्धारा काठमाडौंको ईन्द्रचोकमा अभियान सञ्चालन, काभ्रेमा पाँच सय विरुवा वितरण



काठमाडौं, १ कार्तिक । निःशुल्क गुर्जो वितरण अभियान सञ्चालन गर्दै आएका अभियन्ता कमलबहादुर राजलवटले काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत निःशुल्क गुर्जोको विरुवा, गुर्जोको धुलो प्याकेज र चियाको प्याकेट वितरण गरेका छन् । गुर्जोको उपयोगिता, महत्व र गुणबारे प्रकाश पार्दै राजलवटले देशैभरि निःशुल्क विरुवा, धुलोको प्याकेट र चिया वितरण गरिरहेका छन् । पछिल्लो समय उनले कोरोना संक्रमणको उच्च जोखिम बनेको काठमाडौं उपत्यकालाई केन्द्रित गरेर अभियान सञ्चालन गरिरहेका छन् । पछिल्लो समय गुर्जोको माग धेरै नै बढेको राजलवटको भनाई छ ।

राजलवटले दिनहुँ हजारौं विरुवा वितरण गर्दै आएका छन् । आजमात्रै उनले काभ्रेको पनौतीमा ५ सय विरुवा, गुर्जोको चिया र गुर्जोको धुलो प्याकेट वितरण गरेका छन् । त्यस्तै, काठमाडौंको ईन्द्रचोकमा भने उनले खुल्ला रुपमा उक्त अभियान सञ्चालन गरेका थिए । ईन्द्रचोकमा भने उनले साँढे चार सय गुर्जोको विरुवा वितरण गरेका थिए । र, केही कोरोना संक्रमितहरुलाई पनि गुर्जोको विशेष प्याकेट प्रदान गरेको राजलवटले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्