Logo

सिटिजन्स इन्टरनेशनल बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभिने



काठमाडौं, १ कार्तिक । सिटिजन्स इन्टरनेशनल बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन् । शनिबार भएको सम्झौता अनुसार सिटिजन्स इन्टरनेशनल बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको हो ।

शनिबार भएको प्ररम्भिक सम्झौतामा मर्जर तथा प्राप्तिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंकका तर्फबाट संयोजक राजेन्द्रप्रसाद ओझाले संयसक्त रुपमा हस्ताक्षर गरेका छन् ।

हाल तिनाउ मिसन डेभलपमेन्ट बैंकको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने सिटिजन्स इन्टरनेशनलको चुक्तापँुजी ९ अर्ब ८ करोड रहेको छ । दुई बैंकको एक आपसमा गाभिएपछि निक्षेप १ खर्ब १५ अर्ब र ऋण लगानी ९८ अर्ब रुपैयाँ हुने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्