Logo

स्वास्थ्यमन्त्री ढकाललाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए, जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गराउन निर्देशन



काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र मन्त्रालयका अधिकृतहरुसँग आज छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको जोखिम बढिरहेको उल्लेख गर्दै यसतर्फ मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै सचेत गराएका थिए ।

उनले दशैं, तिहारलगायतका चाडपर्व सुरु भएसँगै कोरोना संक्रमण झनै फैलनसक्ने खतरा औंल्याउँदै सरकारले बनाएका स्वास्थ्य मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गराउन मन्त्रीलगायत मन्त्रालयका अधिकृतहरुलाई निर्देशन दिएका थिए । पछिल्लो समय कोरोना संक्रमण हुनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

काठमाडौं उपत्यकामा झनै अवस्था भयावह बन्दै गएको छ । जनस्वास्थ्यविद्ले सरकारले कडा कदम नचाले स्थिति काबुभन्दा बाहिर जानसक्ने पनि खतरा औंल्याईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्