Logo

म्यानचेस्टर सिटीद्वारा आर्सनल पराजित



एजेन्सी, २ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि महत्वपूर्ण जित निकालेको छ । महत्वपूर्ण खेलाडीहरु घाइते भई मैदानबाहिर रहेको सिटीको जीतका लागि रहिम स्टरसिलङले २३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलमा आर्सनलले गोलका धेरै अवसर सृजना गरेपनि सफल हुन सकेन । सिटीका गोलकिपर इडरसनले आर्सनलका एकपछि अर्को प्रयासलाई विफल बनाइदिएका थिए ।

जीतसँगै सिटी लिग तालिकाको नवौं स्थानमा उक्लिएको छ । आर्सनल पाँचौं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्