Logo

म्यानचेस्टर युनाइटेडको न्युकासलमाथि सानदार जीत, चेल्सी बराबरीमा रोकियो



एजेन्सी, २ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले न्युकासलमाथि सानदार जीत निकालेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले न्युकासलमाथि ४-१ को जीत निकालेको हो ।

युनाइटेडको जीनमा मगुइरी, फर्नान्डेज, बिसाका र रासफोर्डले गोल गरेका थिए । सहले आफ्नै पोष्टमा गोल गर्दा न्युकासलले खेलको दोस्रो मिनेटमा अग्रता लिएपछि युनाइटेड हावी भएको थियो ।

यसैगरी, चेल्सीले दुई गोलको अग्रता जोगाउन नसक्द साउथएम्टनसँग बराबरीमा रोकिएको छ । खेलको १५ औं र २८ औं मिनेटमा वेरनरले गोल गरेर अग्रता दिलाएका थिए । तर, इन्ग्स र एडम्सले गोल गरी बराबरी गरे । चेल्सीले ५९ औं मिनेटमा हाभेरटज चेल्सीका लागि गोल गरी अग्रता दिलाए । तर, खेल सकिदै लाग्दा भेस्टरगार्डले गोल गरी टोलीलाई एक अंक दिलाए ।



प्रतिक्रिया दिनुहोस्