Logo

नेकपामा बेथितिः कार्यकर्तामा असन्तुष्टि बढ्दो



काठमाडौं, कार्तिक २ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र सत्ताको पछाडि दौडिरहँदा पार्टी एकताको बाँकी काम छायामा पर्न थालेको भन्दै आम कार्यकर्तामा असन्तुष्टि बढ्न पुगेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा खासै संवेदनशील बन्न नसकेको भन्दै अध्यक्षद्वयलाई यस विषयमा गम्भीर भएर लाग्नुपर्ने पार्टी कार्यकर्ताको सुझाव छ ।

पार्टीका विभिन्न कमिटीले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गरे पनि नेतृत्वमा रहेकाहरूले कार्यान्वयन नगर्दा एकताका बाँकी काम ओझेलमा परेको हो । नेकपाभित्र देखिने गरेको एकपछि अर्को किचलोका कारण पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी ओझेलमा पर्दै गइरहेको छ । तत्कालीन नेकपा ९एमाले० र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता घोषणा भएको थियो ।

पार्टी एकता घोषणा कार्यक्रममै शीर्ष नेताले तीन महिनाभित्रैमा पार्टी एकताका सम्पूर्ण काम टुंगो लगाउने उद्घोष गरेका थिए । तर, पार्टी एकता भएको अढाई वर्ष पूरा भए पनि एकताको बाँकी काम टुंगो लाग्न सकेको छैन् ।

पार्टी केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीले विभिन्न समयमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा निर्णय गरे पनि ती निर्णयहरू त्यसै थन्कँदै आएका छन् ।

‘पार्टी बैठकले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गर्छ । तर नेतृत्वकै बीचमा सधंै किचलो नै भइरहेका कारण एकताको काम ओझेलमा पर्दै गइरहेको छ,’ नेकपा सचिवालयका एक सदस्यले भने, ‘एकताले अन्तिम रूपमा पाउन नसक्दा हजारांै कार्यकर्ता जिम्मेवारीविहीन भइरहेका छन्, जुन दुःखद हो ।’

सत्तारूढ दलका साथै सबैभन्दा ठूलो दल भएका कारण पार्टीमा बहस हुनु राम्रो भए पनि बैठकका निर्णय कार्यान्वयन गर्नमा नेतृत्व सचेत हुनुपर्ने ती सदस्यले बताए । नेतृत्वले चासो नदिएकै कारण पार्टी एकताका काम ओझेलमा परेको उनको दाबी रहको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्